भीमफेदीमा एमालेको प्रशिक्षण र प्रशंसा
नेपाल कम्यूनिष्ट पार्टी एमाले गाउँ कमिटि भीमफेदीले एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण भेला भएको छ । मकवानपुर भीमफेदी गाउँ कमिटिका अध्यक्ष मंगलादेवी श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रम एमाले पार्टी स्कुल विभाग केन्द्रिय सदस्य रामेश्वर रानाको प्रमुख आतीथ्यमा भएको हो ।
प्रशिक्षणमा स्थानिय विकास निर्माणमा पार्टिको भुमिका बारे क्षेत्रिय सदस्य सान थापा गेैर सरकारी संस्था र पार्टिको भुमिका बारे प्रचार प्रसार विभाग जिल्ला सदस्य सुरेन्द्र राज थीके, पार्टिमा महिलाको भुमिका बारे अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पार्वती राना, महिला आन्दोलन र महिलाका पार्टिको महिला प्रतीको नितिमा जिल्ला सदस्य भगवती पुडासैनी तथा विद्यार्थी आन्दोलन र पार्टिको भुमिका बारे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन युनियन जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य संतोष पौडेल र युवाको भुमिका र पार्टि नेतृत्व संयुक्त सरकारको उपलब्धी बारे जिल्ला सदश्य तथा युवा संघ केन्द्रिय कोषध्यक्ष हिदम लामा, पार्टिको रणनिति र भाबि कार्यक्रम बारे जिल्ला सचिब एक्कालाल श्रेष्ठले सहजिकरण गरेका थिए ।
प्रशिक्षण जिल्ला सदस्य स्कुल विभाग प्रशिक्षक भरत दुलाल र तिलक अधिकारीले दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी रामेश्वर रानाले पार्टिको अनुशासन, पार्टिको एकता र सबलीकरण तथा कार्यकर्तामा हुनुपर्ने आचार संहिताले पार्टिको अग्रस्थान लिन सक्षम भएको बताए । कार्यक्रममा २०७२ बैशाख १२ र २९ गते भएको बिनाशकारी भुकम्पले पिडित भएका परविारलाई बिभिन्न निकायमा समन्वय गरी राहत बितरणमा अग्रणी भुमकिा खेल्नु भएका संघ संस्था भीम आधार सामुदायीक स्कुल तथा प्रशासन प्रमुख सुरेन्द्र थीके, डुम्रेकुना कृषक समुह आमभञ्ज्याङ, रोशनी पुस्तकालय हेटोडा, अनेरास्ववियु युनियन जिल्ला कार्य समिति, पार्बती राना, नेपाली प्रवासि मञ्च दोहा कतार, संयोजक जहार सिंह लामा र महिला जागृती सहकारी संस्थालाई धन्यबाद सहित प्रशंशा पत्र प्रदान गरेको थियो ।
सुरेन्द्र राज थिके/भीमफेदी