सनराइज बैंकका ‘चिफ म्यानेजर’पराजुलीकी श्रीमतीकिर्ते धन्दामा


काठमाडौं, साउन १३
  सनराइज बैंकका चिफ म्यानेजर अरुण पराजुलीकी श्रीमती किर्ते धन्दामा संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । पराजुली–पत्नी समेतको संलग्नतामा उपत्यकाको एउटा जग्गा खरिदबिक्री गर्दा त्यसको सम्पूर्ण कागजात नक्कली भेटिएको थियो ।

  नक्कली कागजात अर्थात् किर्तेसम्बन्धी उक्त मुुद्दा पैmसलाकै क्रममा अदालतमा रहेको छ । नागरिक उड्डयन प्राधिकरण समेत जोडिएको जग्गा खरिद प्रक्रियामा पेस भएको जग्गाको लालपुुर्जा, चार किल्ला प्रमाणित गरेको कागजात र तिरो तिरेको रसिद समेत नक्कली भेटिएको थियो । सोही आधारमा प्रहरीले पराजुुली पत्नीलाई पक्राउ गरेको थियो । उक्त विषयमा सनराइजका चिफ म्यानेजर पराजुुलीले भने उक्त घटनामा हामी खरिदकर्ता भएको र बिक्रीकर्ताको बदमासीले गर्दा यो सब घटना भएको बताए । अहिले पनि मुुद्दा पूर्णरुपमा टुंगो नलागेकोले यसलाई मिडियामा ल्याउनुु उपयुुक्त हुँदैन, प्रबन्धक पराजुुलीले भने ।

All news in One Place