भान्जालाई निःशुल्क उपचार
सडक बालबालिकाको आपतकालिन राहत, उद्धार, परामर्श आवासीय सुविधा एवम पारिवारीक पुर्नस्थापनामा क्रियाशिल मामाघर नेपाल मकवानपरमा संरक्षित बालबालिकाहरुलाई हेटौँडा मेडिसिन सेन्टरले निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
हेटौँडा मेडिसिन सेन्टरका सञ्चालक शरद कर्माचार्यले आफ्नो जन्मदिनको अवसरमा १ वर्ष सम्म स्वास्थ्य जाँच एवम औषधि निःशुल्क उपलब्ध गराउँने घोषणा गरी मामाघर नेपाल र हेटौँडा मेडिसिन सेन्टर बिच लिखित सम्झौता भएको मामाघर नेपाल मकवानपरले जनाएको छ ।