गाउँ गाउँमा डकर्मी तयार
भुकम्पबाट क्षेति भएका घर निर्माणका लागि मकवानपुरका विभिन्न गाविसमा कालिगढ तयार पारिएको छ । राडो नेपालको सहजीकरण तथा टियरफण्डको आर्थिक सहयोगमा मकवानपुरका विभिन्न गाविसमा तालिम प्रदान गर्दै भुकम्प प्रतिरोधी घर निर्माणका लागि स्थानीय कालिगढ तयार पारिएको हो ।
भुकम्पबाट क्षती भएका घर निर्माणमा सघाउ पु¥याउने उद्घेश्यले आफूहरुले मकवानपुरको सुकौरा, बुढिचौर र सिस्नेरीका डकर्मीलाई एक हप्ते तालिम प्रदान गरिएको राडो नेपालका अध्यक्ष कृष्णप्रसाद धितालले जानकारी दिनुभयो । मकवानपुरको सुकौरामा २८, बुढिचौरमा ३० र सिस्नेरीमा २८ जना डकर्मीले तालिममा सहभागिता जनाएको संस्थाले जनाएको छ । राडोले पछिल्लो समय मकवानपुरको विभिन्न सात वटा गाविसमा टियरफण्डको सहयोगमा भुकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।
कार्यक्रम अन्तर्गत मकवानपुरगढी, सुकौरा,बुढिचौर, इपापञ्चकन्या, कोगटे,सिस्नेरी र बेतिनीमा प्रति वडाका एक जना अति विपन्न परिवारको भुकम्पले क्षति बनाएको घर निर्माणमा राडोले सहजीकरण गरिरहेको हो । यसअघि मकवानपुरको टिष्टुङ् र आग्रामा संस्थाले ३९ वटा नमुना घर निर्माण गरिसकेको संस्थाले ३९ वटा नमुना घर निर्माण गरिसकेको छ ।