हेटौंडा– हेटौंडाको युवा गुवतीहरु हाल संगित क्षेत्रमा अघि बढदै गएको देखिन्छ । पप गित, आधुनिक गित तथा अन्य आफ्नै रचनाका गित तथा भिडियोहरुमा हेटौंडाका युवा युवतीहरु देखिन थालेका छन् । त्यसको एउटा उदहारण हो BluE ValentinE केही समय अघि मात्र यस ग्रुपले त्यो तिम्रो आखाको र जुनेली रातमा लगायतको भिडियो निकालेर राम्रो चर्चा पाएको यसै ग्रुपका पात्र अथवा Rapper प्रविन देवकोटा (राईडर)ले बताए ।
साथै केही हप्ता अगाडी यस ग्रुपले ‘सोचेर आज’ भन्ने भिडियो सार्वजानिक गरेको छ । जसमा स्वर सम्राट प्रविन देवकोटा (राईडर) र प्रदिप राना मगर ले स्वर दिएका छन् भने जिवन ठकुरी र बर्षा मगरले अभिनय गरेका छन् । प्रबिन देवकोटाको निर्माणमा तयार भएको यो भिडियो पनि दर्शकहरुले मनपराएको देबकोटाले बताए । यसै अगाडी अर्को भिडियो Hiphop Rapper दशै अगाडी सार्बजानिक गर्ने यस समुहको भनाई छ । यस भिडियोलाई पनि दर्शकहरुले मनपराउछन् भन्ने आश उनिहरुले राखेका छन् । हाल सम्म यस ग्रुपले तिम्रो त्यो आँखामा, त्यो दिन, सोचेर आज, के यो माया हो, माया दिदैछु जस्ता गितहरु दर्शकमाझ ल्याएर राम्रो चर्चा पाएको देवकोटाले वताए ।
निर्माता क्षेत्रमा चर्चा कमाउदै देवकोटा
All news in One Place