नियमविपरीत काम गर्दै सुअहरा कार्यक्रम
मदनराज भट्ट
डडेलधुरा, साउन ११
सुदूरपश्चिमका जिल्लाहरुमा सुअहराले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी रुपमा लागू हुन नसकेको पाइएको छ । सुदूरपश्चिमको बैतडी, दार्र्चुला, बझाङ, डडेलधुरा, बाजुरा, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर जिल्लाका ग्रामीण भेगमा गरिएको पहिलो चरणको कार्यक्रमको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।
यी जिल्लाका स्थानीयबासीहरुको भनाइअनुसार सुअहरा कार्यक्रममा सम्बन्धित निकायले आफूलाई पायक पर्ने स्थानमा मात्रै सञ्चालन गर्दै आएको बताएका छन् । ‘सुदूरपश्चिमका ग्रामीण भेगमा भन्छिन् आमा’ भन्ने मूलनाराका साथ सञ्चालन गरिएका कुनै पनि कार्यक्रम पारदर्शी रुपमा नगरेको स्थानीयहरुले आरोप लगाएका छन् । हरेक जिल्लाका सम्बन्धित कार्यालयहरुले माथिबाट आएको नियमअनसार भत्तादेखि नास्तासम्म नदिएपछि यो समस्या देखा परेको हो । सुअहराको पहिलो फेजको कार्यक्रममा कुखुरा वितरणमा समेत ठूलो अनियमितता गरेको भए पनि यसको निगरानी कसैले नगरेको स्थानीयले बताए । सुअहरा नामले जनताका लामो समयदेखि सञ्चालनमा रहेको सुअहराले आँखामा छारो हालेर कमाउ धन्दा सञ्चालन भएको दाबी गर्दै एक स्थानीयले लामो समयदेखि सञ्चालनमा रहेको सुअहराले आफूलाई पायक पर्ने र आफूअनुकूल मात्रै कार्यक्रम सञ्चालन गर्ने गरेको र मान्यताअनुसार कुनै पनि गाविस तथा जिल्लाहरुमा काम नभएको बताए ।
गाविसमा कार्यक्रम सञ्चालन गर्ने २० जना सहभागी भएपछि ४० को दरले रकम घुमाउरो पाराले कुम्ल्याउने गरेको गुनासो पटक–पटक आउँदासमेत सम्बन्धित पक्षले ध्यान नदिएको स्थानीय बासिन्दा तथा राजनीतिज्ञ टंकप्रसाद कोइरालाले जानकारी दिए । उनले कैलाली कञ्चनपुर डडेलधुरा, बैतडी दार्चुलालगायतका जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी नभएको बताए ।
विदेशीले दिएका चल्लाहरुले स्थानीय सोझासाझालाई भुलाएर काम गर्ने संस्थाका विषयमा सरकारले आजसम्म कुनै कदम चालेको पाइँदैन । ग्रामीण भेगका सोझासाझाहरुलाई बोलाएर एक स्थानमा भेला गराउँदै रकमको फर्जी बिल बनाएर कार्यालयमा पेस गर्ने गरेका फिल्ड सुपरभाइजरले गर्नेसम्म मनपरी गरेको दाबी डडेलधुरा जिल्लाका ग्रामीण भेगका स्थानीयले गरे । यस विषयमा डडेलधुरा जिल्लास्थित सुअहरा कार्यक्रममा कार्यरत लोकेन्द्र थापाले यो कार्यक्रम सकारात्मक रुपमा अघि बढेको जानकारी दिए ।