बुटवलको झोलुङ्गेपुल बाढीले बगायो


११ साउन,
गए राती देखी परेको अविरल वर्षाका कारण बुटवलको देवीनगर देखी बुद्धनगर जोड्ने तिलोत्तमा नदीको झोलुङ्गेपुल बाढीले बगाएको एक स्थानिय बासिन्दा अनिस न्यौपानेले बुटवलबाट टेलिफोन गरी आर्थिक दैनिकलाई तस्विर सौजन्य गर्दै जानकारी गराएका छन् । उनले दिएको जानकारी अनुसार नदीको कटानले करिब एक सय ५० घर विस्थापित भई सायौंको संख्यामा हताहती भएको छ । बाढीको क्रम रोकिएको छैन र प्रहरीको उद्दार टोलीले उद्दार कार्य जारी राखेको जानकारी गराएका छन् ।

All news in One Place