मकवानपुरकाे रमनटारमा बस दुर्घटना, ९ को मृत्यू, ४ गम्भीर घाइते, ३१ काे उपचार हुँदै
मकवानपुरको मनहरी गाविस वडा नम्बर ३ रमनटारमा १६ साउन विहान भएको बस दुर्घटनामा ९ जनाको मृत्यू भएको छ । काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

घटना बिहान साढे ३ बजे भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मृतकमध्ये उदयपुरका विनोद चौधरी र सन्तोष चौधरी (२७) को पहिचान खुलेको छ । दुर्घटनामा घाइते ३१ जनाको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।