भारतीय राजदुत रे थाहानगर आउने
नेपालका लागि भारतीय राजदुत रञ्जित रे ३ साउनमा थाहानगर आउने भएकाछन् । पर्यटकीय नगरी मकवानपुरको थाहामा राजदुत रे पहिले पटक आउन लागेका हुन् । राजदूत रे ले थाहाको संक्षिप्त जानकारी लिने कार्यक्रम पनि रहेको छ । कार्यक्रमको संयोजन थाहानगर उद्योग वाणिज्य संघले गर्ने कार्यक्रम रहेको छ ।
![]() |
राजदुत रञ्जित रे |
![]() |
अधिकृत भिम बहादुर परियार |
रञ्जित रे को उपस्थितीमा थाहानगर उद्योग वाणिज्य संघले पालुङ जेसीज सभाहलमा विशेष कार्यक्रम राखेको अध्यक्ष कविराज खत्रीले विकासखबरलाई जानकारी दिए । रञ्जित रे सहितको टोलीलाई थाहानगरको विषयमा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले प्रस्तुती दिने कार्यक्रम रहेको छ । अतिथीहरुलाई थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री सहितको टेलीले स्वागत गर्ने कार्यक्रम छ ।
राजदूतसहितको टोलीले थाहानगरको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने पनि कार्यक्रम रहेको छ । नेपालको विभिन्न क्षेत्रको विकासमा सघाउँदै आएको भारतले कृषि र पर्यटकीय नगरीको समग्र विकासमा समेत राजदुत रेसंग अपेक्षा लियएको छ । यसले गर्दा पनि राजदुत रेको भ्रमणलाई महत्वकासाथ लिइएको छ ।