जीवन उपयोगी सीप तालिम शुरु

थाहानगर/बाल कल्याण समाज मकवानपुरले आग्रा र टिस्टुङ गाविसका सामुदायिक परिचालकहरुलाई जीवन उपयोगी तालिम शुरु गरेको छ । 

टियर फण्डको आर्थिक सहयोगमा बुधबारदेखि ३ दिने तालिम थाहा नगरमा शुरु भएको हो । 

ग्लोबल फेमिलीका सुरेन रसाइली तालिमका सहजकर्ता रहेका छन् । तालिममा बाल अधिकार महासन्धीका प्रावधान, बाल शोषण, बाल सहभागिता, बाल दूव्र्यवहार, जीवनोपयोगी सीप शिक्षा, सहजीकरण सीप आदिबारे छलफल गरिने बाल कल्याण समाजका परियोजना संयोजक कुमार नेगीले बताए ।

टियर फण्डका संरक्षण संयोजक उर्मिला उपाध्याय, एरिया कोअर्डिनेटर मुकुन्दराज केसी, बाल कल्याण समाजका अध्यक्ष किरणदत्त तिवारी लगायतले तालिमको अनुगमन गरेका थिए ।
उनीहरुले तालिमको सफलताको शुभकामना दिएका छन् ।

All news in One Place