विपन्न विद्यार्थीलाई सहकारीको छात्रवृत्ति
वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा– २४ हर्नामाडीले छात्रबृत्ति बितरण गरेको छ । संस्थाको कार्यालयमा एक कार्यक्रमका बीच २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । सहकारी संस्थाका अध्यक्ष अरुण कुमार खतिवडाले विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नुभयो ।
छात्रबृत्ति पाउनेमा ज्योती उच्च मा बि कक्षा ६ मा अध्ययनरत केशिका पण्डित र कृष्ण पण्डित रहेका छन् । उनीहरुलाई कापी ,जुत्ता, ड्रेस, झोला र कलम दिईएको हो । संस्थामा आबद्ध सेयर सदस्य मध्ये अति गरीब तथा बिपन्न परिवारका छोराछोरीलाई निःशुल्क कक्षा १० सम्म पढाउने नीति अनुरुप हरेक बर्ष झंै यस बर्ष पनि सोही विद्यार्थीलाई छात्रबृत्ती दिईएको संस्थाका अध्यक्ष खतिवडाले बताउनुभयो ।
दुबै विद्यार्थीका परिवार ज्याला मजदुरी गरी जिवन निर्वाह गर्ने गरेका छन् । संस्थाले प्रदान गरेको छात्रबृत्तिले आफुहरुलाई निकै राहत पुगेको उनीहरुका परिवारले बताएका छन् । कार्यक्रममा संस्थाका सचिब बरुण खतिवडा, कोषाध्यक्ष ईमान बहादुर थापा, ब्यबस्थापक रमेश थापा, तथा सदस्य हरुको उपस्थिती रहेको थियो ।