थाहामा बर्तौलाको एकल कविता वाचन
नेपाली भाषा, साहित्यका क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशील पालुङ साहित्य परिषद्ले आज भब्य रूपमा स्थानीय लोक गायक तथा कवि सालिकराम बर्तौलाको एकल कविता वाचन कार्यक्रम आयोजना गरेकाे छ। थाहा नगरपालीका वडा न ६ स्थित बाहुनगाँउको सामुदायिक भवनमा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथिकारूपमा राष्ट्रिय जनमोर्चा नेपालका मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट का साथै अन्य अतिथिहरू रमेश कार्की ,देवराज उप्रेती लगायत विभिन्न सामाजिक सँघ सँस्थाको प्रतिनिधिहरू थिए ।स्थानीय तथा साहित्य प्रेमीहरूकाे सहभागीता रहेको एकल बाचन कार्यक्रममा बर्तौलाले सामाजिक,राजनीतिक बिषयहरूलाइ ब्यङ्ग्यात्मक शैलीमा गरेका थीए । पालुङ साहित्य परिषदका अध्यक्ष बिर्खे अञ्जानको सभापतित्वमा भएको उक्त कार्यक्रम नवराज बर्तौलाले सञ्चालन गरेका थिए ।