छतिवनमा अब इलेक्ट्रीकल इन्जिनियरिङ पढाई हुने
छतिवन/ पुर्वी मकवानपुरको छतिवन वडा नं ६ मा रहेको महेन्द्र उच्च माविमा यो वर्षबाट कक्षा ९ मा इलेक्ट्रीकल इन्जिनियरिङ कक्षा सुरु हुने भएको छ । शिक्षा मन्त्रालयले पुवी मकवानपुरको विद्यालयलाई इन्जिनियरिङ अध्यापन अनुमति प्रदान गरेको हो ।
सरकारको योजना अनुसार विद्यालय तहमा ब्यवहारिक तथा प्राविधिक शिक्षा सञ्चालन अभियान अन्र्तगत छतिवनले उक्त अवसर प्राप्त गरेको हो । विद्यालयले इन्जिनियरिङ अध्यापनको सुविधा पाएको विषयमा जानकारी दिदै विद्यालय ब्यवस्थापन समिती अध्यक्ष चन्द्रबहादुर राईले यो अवसरले आफुहरुलाई निकै खुसी तुल्याएको बताए । ग्रामिण विद्यायमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुले यो अवसरबाट लाभ लिने उनको भनाई रहेको छ । ४८ जनाको कोटा रहेको उक्त विषयमा अध्यायन गर्दै ग्रामिण विद्याथीहरु पनि प्राविधिक शिक्षामा पहुँच विस्तारमा सक्षम हुने उनको भनाई रहेको छ ।