दोश्रो नगरकप फुटबल २०७३ : डिफेन्डीङ च्याम्पियन वडा नंबर १ को रवाफिलो जित

धर्मेन्द्र दाहाल
हेटौँडा/डिफेन्डीङ च्याम्पियन वडा नंबर १ ले शुक्रबारबाट हेटौँडामा सुरु भएको दोश्रो नगरकप फुटबलमा रवाफिलो जित दर्ता गरेको छ । हेटौँडा ५ क्याम्प डाँडामा रहेको फुटबल खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नंबर १ ले विस्तारीत हेटौँडा उपमहानगरपालिकाको हर्नामाडी संयुक्त वडा कार्यालयलाई ४–१ को फराकिलो जिर्त दर्ता गरेको हो । 
सुरुवाती अवस्थाबाटनै निकै उत्कृष्ट खेल खेलेको १ नंबरले विपक्षको कमजोर डिफेन्सको फाईदा उठाउँदै खेलको चौथो मिनेटमानै जनम लामाको गोलबाट १–० को अग्रता हाँसील ग¥यो । खेलमा फर्कन संघर्षरत हर्नामाडीको कमजोर डिफेन्स तथा गोल रक्षकको गल्तिको फाईदा उठाउँदै वडा नंबर १ का कृष्णबहादुर रुम्बाले १२ औ मिनेटमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।
नगरकपमा नगरपालिका भएपछि पहिलो पटक सहभागिता जनाएको हर्नामाडीलाई खेलमा फर्कन निकै कठिन बनेको अवस्थामा ए डिभिजन क्लबमा समेत गोल रक्षकको भुमिका निर्वाह गरिसकेको हेटौँडाका स्टार गोल रक्षक अशोक बरालले आफुलाई फरवार्डको भुमिकामा सफल बनाउदा हर्नामाडी फराकिलो हारको शिकार बन्यो । बरालले २२ औ मिनेटमा डिबक्स बाहिरबाट प्राहार गरेको बल सुन्दर गोलमा परिणत भएपछि ३–० ले पछि परेको हर्नामाडीको लागि उनै बरालले २९ औ मिनेटमा पुन गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाए ।
पहिलो हाफ ४–० ले अघि रहेको १ नंबरले दोश्रो हाफमा पनि उत्तिकै सङ्ख्यामा गोल गर्ने दर्शकको अनुमानलाई हर्नामाडीले असफल बनाईदियो । दोश्रो हाफमा सुधारिएको प्रर्दशन गरेको हर्नामाडीले ४३ औ मिनेटमा सुरज जिम्मा मार्फत गोल फर्काए पनि त्यो हार टार्न अथवा बराबरी गर्न पर्याप्त नभएपछि डिफेन्डीङ च्याम्पियन वडा नं १ ले उद्घाटन खेलमा ४–१ को रवाफिलो जित दर्ता गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । 
प्रतियोगिता अघि भएको उद्घाटन कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ट नेता झलनाथ खनालले देश परिवर्तनको अवस्थामा रहेको र राष्ट्रिय एकताको लागि खेल अत्यान्त उपयुक्त माध्यम भएको बताए । उनले संविधान कार्यन्वयनको अवस्थामा रहेको उल्लेख गर्दै देशको सबै शक्ति संविधान कार्यनयनको पथमा अग्रसर हुनुपर्नेमा जोड दिए । 
जिल्ला खेलकुद विकास समिती तथा हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भैरहेको प्रतियोगिताको विजयी टिमले १ लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा उपमहानगरको १५ वटा टिमको सहभागिता रहेको छ ।

All news in One Place