पत्रकारिता दिवसमा अन्तरक्रिया
रुपक कालिराज

कार्यक्रमा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य सुरेश श्रेष्ठले जिल्लामा सुचना आदनप्रदानको सन्दर्भमा प्रस्तुत गरेको कार्यपत्रमाथि सहायक प्रमुख जिल्ला अधिकारी हरिराज पन्त र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टले टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीले सुचना पत्रकारको लागि भन्दा पनि आम जनताका लागि भएकाले सुचना अधिकारीहरुले पत्रकारले मागको सुचना सहज र सम्भव भए तत्कालै दिने ब्यवस्था गर्नुपर्ने बताए ।
हेटौँडा उपमहानगरपालिका,जिल्ला विकास समिति मकवानपुर र नेपाल पत्रकार महासंघको सहकार्य तथा सञ्चार केन्द्र हेटौँडाको समन्वयनमा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी डाक्टर मान बहादुर विश्वकर्माको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारी निकायबाट प्राप्त सुचनाहरु प्रभावकारी ढंगबाट सञ्चारमाध्यमले नागरिक तहमा पु¥याउनुपर्ने बताए । साथै प्रत्येक कार्यालयले नियमित पत्रकार भेटघाट गरी आफ्नो कार्यालयको प्रगति विवरण सार्वजनिक गर्न आग्रह गरे । नेपाल सरकारले यस वर्षदेखि पत्रकारिता दिवस मनाउन थालेको हो ।