अार्यघाट (कविता)

अार्यघाट

   मनोज रुपाखेती मनु

त्यो उदास अनि उराठ अार्यघाट
हिजोआज अलि हुरुक्क छ
देख्छु चितासंग फुरुक्क छ
मानिसको जमघट बढ्दो भएपछि
लासलाई पनि बेच्न पल्कीएकाहरु
महङ्गो दाममा समग्र समान
मोलमोलाइ गर्दै बेचिरहेछन्
जसले बेच्दै छ ,
उसलाई पनि थाहा छ
एक दिन उसको मृत्युको पनि
मोलमोलाई यस्तै हुनेछ
कोक्रोबाट शुरु भएको जीवन
पक्कै अार्यघाटको चितामा पुग्छ
अनि,
मानव अस्तित्वको अन्त्य गर्न
मनिसहरुनै लामबद्ध भएर
हराएका सासको चिरागहरु बुझाउन
ब्यस्त र तल्लीन रहन्छन्
क्षणिकमै खरानी बनाउनका लागि
अार्यघाटका किनारहरुमा
मौन , स्थिर अार्यघाटमा केही रौनक्ता छाएपछि
अार्यघाट केहि प्रफुल्लित मुद्रामा
मानव जीवनको संसार हेरेर
समयलाई बलवान् ठान्दै
जीवन चक्रको अद्भुत
सिलसिला नियाली रहेछ
मलाई लाग्छ
वरिपरिका दृश्यसंगै
अार्यघाटले मानव जिवनको इतिहास पढ्दै होला
अनि कोर्दै छ ह‍ोला मानिसले भोगेका भोगाईहरु
चरित्रगत रुपमा
घमण्ड
तृष्णा
जलन
भागदौड
काटमार
अाहारिसे पना
अनि जीवनको अन्त्य
अार्यघाटबाटनै

© मनोज रुपाखेती मनु
हेटौंडा २२ मकवानपुर

All news in One Place