नयाँ शक्तिको वडा परिषद

हेटौँडा/नयाँ शक्ति नेपाल हेटौंडा उप महानगरपालिका अन्तर्गत वडा नम्बर ७ र ८ मा अन्तरिम वडा परिषद् गठन गरिएको छ । भक्त बहादुर केसीको सभाध्यक्षतामा भएको वडा नम्बर ७ को भेलाले सञ्जय पौडेलको संयोजकत्वमा १५ सदस्यिय अन्तरिम वडा परिषद् गठन गरेको हो । नवगठित परिषद्को सचिव ज्ञान प्रसाद चौलागाई, सदस्यहरु रमेश गौतम, हिमाल तितुङ, रमा न्यौपाने, शेखर गौतम, दिनेश गौतम लगायत रहेका छन् । प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको भेलामा निबन्ध लामा, सुबोध रिमाल, मिहिन बहादुर लामा,   डिबि थापा, श्याम सुन्दर परियार, अमर लामा लगायतको आतिथ्यता रहेको थियो । त्यसैगरि नयाँ शक्तिले वडा नं ८ मा पनि भेला आयोजक कमिटि गठन गरेको छ । धर्मराज पुडासैनीको सभाध्यक्षतामा भएको भेलाले होमनाथ खनाल संयोजक रहने गरि १७ सदस्यिय भेला आयोजक कमिटि गठन गरेको हो । कमिटीले असार महिनामा वडा सम्मेलन गरि परिषद गठन गर्ने पुडासैनीले बताउनुभयो ।

 आयोजक कमिटिको सचिव सुरज अर्याल, सदस्यहरु सुभाष कोइराला, परशम्भु घले, भिम लामिछाने, सानीमाया थापा, सपना लामिछाने, रबिना लामिछाने, मोहम्मद रफिक मिया लगायत रहेका छन् । प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको भेलामा शेरबहादुर पहरी, मिहिन बहादुर लामा, डिबि थापा लगायतको आतिथ्यता रहेको थियो ।

All news in One Place