डेढ किलो सुन सहित एकजना पक्राउ
मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नंबर १७ रातोमाटेमा सुनसहित अर्जुन सिंह (३०) लाई प्रहरीले पक्राउ गरेको छ । करीब ७५ लाख मुल्य बराबरको डेढ केजी सुनसहित रौतहट गौर–१३ का सिंहलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रवक्ता बामदेव गौतमले बताए ।

सिंह पहिलादेखि नै सुन ओसारपसार गर्ने कार्यमा संलग्न रहेको समेत प्रहरीको दाबी रहेको छ । बरामत गरिएको सुन राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइने जिल्ला प्रहरी प्रमुख एसपी मिरा चौधरीले जानकारी दिइन् । पक्राउ परेका सिंहको अनुसन्धान भइरहेको चौधरीले बताइन् ।