जिल्ला लिग चैत्र १३ गतेबाट

धर्मेन्द्र दाहाल
हेटौँडा/ जिल्ला फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ‘जिल्ला लिग फुटबल’ यो वर्ष चैत्र १३ गतेबाट हेटौँडमा हुने भएको छ । वन विज्ञान अध्ययन सस्थान हेटौँडाको खेल मैदानमा लिग गर्ने तयारी गरिएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । यो वर्ष नाकाबन्दी, भुकम्प लगाएतको समस्याले गर्दा लिग केहि समय पछि सारिएको हो ।
जिल्ला लिगमा यो पटक १६ देखि २० वटा टिमहरु हुने अपेक्षा राखिएको जिल्ला फुटबल संघ मकवानपुरका दिपेन्द्र ढाकालले जानकारी दिए । यो वर्ष लिग विजेताले ४० हजार तथा उपविजेताले २५ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनको भनाई रहेको छ । बेष्ट प्लेयरलाई ५ हजार नगद तथा विधागत बेष्ट प्येरलाई २५ सयका दरले नगद दिईने आयोजकले जनाएको छ । 
४ लाख खर्च हुने अनुमान गरिएको लिगमा जिल्लाका सम्पूर्ण भुभागको प्रतिनिधित्व गराउने प्रयास गरिएको आयोजको दाबी रहेको छ । मकवानपुरमा फुटबलको राम्रो ‘क्रेज’ रहेकोले पनि फुटबल प्रतियोगिता भब्य हुने अपेक्षा गरिएको छ । जिल्ला लिगमा उत्कृष्ट प्रर्दशन गरेका मकवानपुरका खेलाडीहरु अहिले राष्ट्रिय रुपमानै चर्चा तथा नेपालको राष्ट्रिय टिममा स्थान बनाई उत्कृष्ठ परिचय दिन सफल भैसकेका छन् ।

All news in One Place