भैसेमा एमालेको प्रशिक्षण

मकवानपुरको भैसेमा एमालेका अगुवा कार्यकर्तालाई प्रशिक्षण प्रदान गरिएको छ । नेकपा एमाले मकवानपुरको दुई नम्बर क्षेत्रस्तरिय कमिटीले सञ्चालन गरिरहेको प्रशिक्षण अभियान अन्तर्गत कार्यक्रम भएको हो । एमाले भैंसे गाउ“ कमिटीका अध्यक्ष अनन्तराम तामाङ्को अध्यक्षता तथा एमाले मकवानपुरका सचिवालय सदस्य एवम् दुई नम्बर क्षेत्रका इन्चार्ज विष्णुप्रसाद ढकालको प्रमुख आतिथ्यमा प्रशिक्षण भएको हो । 
कार्यक्रममा एमाले मकवानपुरका सदस्य तिलक अधिकारी, पञ्चमाया स्याङ्तान, रामचन्द्र बल, पूर्व जिल्ला सदस्य ठाकुराम खड्का, भैसे गाउ“ कमिटीका सदस्य सुरेन्द्र खड्का लगायतको आतिथ्यता रहेको थियो । एमाले मकवानपुरको दुई नम्बर क्षेत्रमा जारी अगुवा कार्यकर्ता प्रशिक्षण अभियान अन्तर्गत यहि फागुन २९ गते मकवानपुरको पालुङ्मा दुई नम्बर क्षेत्रस्तरिय बृहत भेला आयोजना गरिने दुई नम्बर क्षेत्रका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । 

All news in One Place