हेटौंडा आइडलमा टिकट भोटिङ
मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको आठौं दिन आज बिहीबारबाट हेटौंडा आइडलको प्रतिस्पर्धामा टिकट भोटिङ सुरु भएको छ ।
बिहीबारदेखि १० प्रतिस्पर्धीहरुलाई टिकट भोटिङ र निर्णायकहरुको भोटिङको आधारमा मात्र छनोट हुने हेटौंडा आइडलका संयोजक दीपक शर्मा ढकालले बताउनुभयो । ढकालका अनुसार भोली बिहीबार टिकट भोटिङको आधारमा प्रतिस्पर्धीहरु बाहिरिने छन् ।
बिहीबारसम्म छनोट भएकाहरुमा मनमाया वाइबा, दिपेश श्रेष्ठ, विजय लामा, लक्ष्मी स्याङतान, राजकुमार विक, दिपराज केसी, रहेको संयोजक ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी, ध्रुव पण्डित, रोशन सुनार, हृदयश बस्नेत र मिग्मा लामा छनोट भएका हुन् । बुधबार प्रतियोगिताबाट नरलाल पाख्रिन बाहिरिएका थिए ।