बालकल्याणको १३ औं साधारणसभा

बाल कल्याण समाज मकवानपुरको आज १३ औं साधारणसभा भएको छ । समाज मकवानपुरका अध्यक्ष जानुका घिमीरेको अध्यक्षता एवम् समाजका केन्द्रिय अध्यक्ष किरणदत्त तिवारीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । 

भेलामा संस्थाका सचिव मधु आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समाजका कार्यक्रम व्यवस्थापक कमल फुयाल र सुशीलराज गिरीले समाजले सञ्चालन गरिरहेको कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो । सभामा गैर सरकारी संस्था महासंघ मकवानपुरका सदस्य ज्ञानेन्द्र बर्तौला, दिव्यतारा बहुउद्घेश्यीय सहकारी संस्था लिमीटेडका उपाध्यक्ष डा. गणेश लामा बल, अधिबक्ता मनप्रसाद भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिनुभयो ।

All news in One Place