‘काङ्ग्रेस, ओली नेतृत्वकै सरकारमा आउँछ ’
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले केपी ओली नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस पनि सहभागी हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा भएको विशेष भेलामा बोल्दै उहाले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजान एमालेको नेतृत्वको सरकार सफल हुने बताउनुभयो ।
उहाले नेपालको संविधानप्रति असहमति जनाउदै भारतले नाकाबन्दी लगाएपनि अन्तत ः भारत नै झुकेको बताउनुभयो । प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाएर राजकीय सम्मान दिएर भारत झुकेको उहा“को भनाई छ । उहाले प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल भएको समेत दाबी गर्नुभयो । नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै उहा“ले संविधानमा रहेका कमजोरीलाई सच्याउदै जान सकिने बताउनुभयो । भारतले फेरि पनि नाकाबन्दी गर्नसक्ने भएकाले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानु आवश्यक रहेकोमा उहा“ले जोड दिनुभयो ।
प्रेस चौतारी मकवानपुरका अध्यक्ष शिवकुमार काशीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नारायणी अञ्चल इन्चार्ज केदार न्यौपाने, सांसद अन्नत पौडेल, राजाराम स्याङतान, एमाले मकवानपुरका उपाध्यक्ष बद्री लम्साल, चौतारीका केन्द्रिय सचिव रामकुमार एलन, चौतारीका सल्लाहकार प्रताप बिष्ट, ब्रोडकास्टिङ् एशोसिएन अफ नेपाल (बान) का केन्द्रिय कोषाध्यक्ष उज्जवल चौलागाई लगायतले भेलामा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रेस चौतारी मकवानपुर उपाध्यक्ष प्रकाश दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको भेलामा नेकपा एमालेप्रति आस्था राख्ने २६ जना पत्रलाई चौतारीको सदस्यता वितरण गरिएको छ ।