अनेमसंघको पदाधिकारी चयन चैत्र ३ गते

अखिल नेपाल महिला संघ मकवानपुरको पदाधिकारी चयन आगामी चैत ३ गतेको पूर्ण बैठकले गर्ने सहमति भएको छ । 
सदस्यमा निर्बाचित केही व्यक्तिले पार्टी कार्यालयबाहिर गएर आफूखुसी पदाधिकारी घोषणा गरेपछि उत्पन्न विवाद साम्य पार्नका लागि यस्तो सहमति भएको हो । कूल ३५ जना निर्बाचित सदस्यले अध्यक्षसहित पदाधिकारी छान्ने विधान छ । तर बिधान बिपरित बिना बैठक पदाधिकारी घोषणा गरिएपछि नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडा, अध्यक्ष मण्डलकी अध्यक्ष तथा अनेम संघ केन्द्रीय सचिव बिष्णु ओझा र निर्वाचन अधिकृत मदन दाहालले बिधान बिपरित काम भएको विज्ञप्तीमार्फत जनाएका छन् । 




















तीनैजनाले हस्ताक्षर गरेको विज्ञप्तीमा आगामी चैत्र ३ गते बस्ने पूर्ण बैठकले पदाधिकारी चयन गर्ने र आफूखुसी घोषित पदाधिकारीलाई अबैध घोषणा गरिएको उल्लेख छ । यसअघि पूर्ण बैठकै नबसी पार्वती राना अध्यक्ष तथा अन्य महिलाहरु पदाधिकारीमा रहेको घोषणा गरिएको थियो ।


२६ फागुनमा विकासखबर डटकम डटएनपीमा अध्यक्षमा राना निर्वाचित भन्ने समाचार प्रकाशन भएकोमा भूलसुधार सहित यो समाचार प्रकाशन गरिएको आम पाठक तथा सम्बन्धीत निकायका लागि सूचित गरिन्छ । -कार्यकारी सम्पादक



All news in One Place