सरसफाईमा सहयोग गर्दै इन्फो

२०७२ वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्प पश्चात प्रभावित क्षेत्रमा विभिन्न गैरसरकारी संस्थाहरुले काम गरिरहेका छन् । प्रभावित क्षेत्रमा कतिपयले खाद्यन्न, शिक्षा, स्वास्थ्यमा सहयोग पु¥याइ रहेकाछन् ।  त्यस्तै मकवानपुरको उत्तरी क्षेत्रको थाहा       नगरपालिका, गोगने र डाँडाखर्क गाविसमा स्वच्छता र सरसफाई क्षेत्रमा वातावरण र जनसंख्या संस्था, इन्फो (ENPHO) ले काम गरिरहेको छ । एक नगर र दुई गाउँ विकास समितिको साथसाथै      नामटार गाविसको गोलमोड, मैत्री बगैचा, सिमथली, टोड्केडाँडाका भूकम्प पिडतहरुको स्वच्छता र सरसफाईको क्षेत्रमा काम भइरहेको इन्फोका मकवानपुर जिल्ला कार्यक्रम संयोजक भिष्मराज खत्रीले जानकारी दिए । संस्थाले भूकम्प प्रभावित यस क्षेत्रमा जेठ १० गतेबाट परियोजना संचालन गरेको हो । स्वच्छता र  सरसफाई परियोजना अन्तर्गत संस्थाले यस क्षेत्रमा छ हजार दुईसय सरसफाई किट वितरण गरेको कार्यक्रम संयोजक खत्रीले बताए । 
   गाविस स्तरमा दुईजना सामाजिक परिचालक नै राखेर काम गरिरहेको इन्फोले भूकम्पबाट क्षति भएका घरबासीको शौचालयका लागि पनि सहयोग गरेको  छ । यस अन्तर्गत शौचालय निर्माण सहयोग सामाग्री वितरण गरेको छ । त्यस्तै तयारी शौचालय जडानका लागि पनि वितरण गरेको छ । संस्थाले ७ सय ४१ भुकम्प पिडित परिवारका लागि शौचालय निर्माण सहयोग सामाग्री वितरण गरेको  छ । थाहा नगर अन्तर्गत साविक दामन गाविसमा २ सय ७४, पालुङमा १ सय ८९, बज्रवाराहीमा ५६, नामटारको गोलमोड, मैत्री बगैचा, टोड्केडाँडा क्षेत्रमा २४ वटा र बाँकी १ सय ९८ वटा गोगने र डाँडाखर्क गाविसमा वितरण गरिएको कार्यक्रम संयोजक खत्रीले बताए । शौचालय मर्मत सहयोगका साथै शौचालयसंग सम्बन्धीत सरसफाई सम्बन्धी किट ३ हजार ३ सय ५० सेट वितरण गरेको संस्थाले जनाएको छ । यस्तो सेटमा साबुन, हरपिक लगायतका सामाग्री रहेको थियो ।
    इन्फोले सरसफाई सामाग्रीका साथै नामटारको गोलमोडमा अस्थायी टहरा बनाएर बसेका भूकम्प पिडितहरुको लागि दुई वटा ब्लाडर ट्याङ्की बनाइ दिएको छ । ब्लाडर ट्याङ्की धेरै पानी भर्न सकिने र पानी सकिएपछि पट्याएर अन्यत्र सजिलै लैजान सकिने पानी ट्याङ्की  हो । सोही क्षेत्रका भूकम्प पिडितका लागि एउटा प्लाष्टिक पाी ट्याङ्की पनि  वितरण गरिएको इन्फोका फिल्ड संयोजक किरण महर्जनले जानकारी दिए । त्यस्तै त्यही क्षेत्रमा महिला पुरुषका लागि छुट्टाछुट्टै नुहाउन सातवटा अस्थायी बाथरुम पनि निर्माण गरिएको फिल्ड संयोजक महर्जनले बताए । इन्फो संस्थाले ४० वटा खानेपानी लाईन तथा व्यवस्थापनमा काम गरेको  छ । यस अन्तर्गत दामनमा ६, पालुङमा ८, बज्रवाराहीमा ६ तथा बाँकी गोगने र डाँडाखर्क तथा नामटारमा खानेपानी सम्बन्धी काम भएको छ । इन्फोले भूकम्प पिडितहरुको माग अनुसार खानेपानीको पाइप फुटेको, ट्याङ्की चुहिने लगायतका क्षेत्रमा काम भइरहेको इन्फोले जनाएको छ । त्यस्तै उत्तरी मकवानपुरका स्वास्थ्य संस्थाहरुमा १० वटा पक्की शौचालय निर्माण गर्ने संस्थाको योजना रहेको छ । 
भूकम्प पिडितलाई इन्फोले वितरण गरेको अस्थायी शौचालय
स्वच्छता र सरसफाई संग सम्बन्धीत भौतिक पूर्वाधार विकासमा सहयोगका साथसाथै संस्थाले जनचेतना मुलक कार्यक्रममा पनि सहयोग गरिरहेको कार्यक्रम संयोजक भिष्मराज खत्रीले बताए । 
   संस्थाले जनचेतनामुलक कार्यक्रम अन्तर्गत घरदैलोमै पुगेर सरसफाई सम्बन्धी व्यवहार परिवर्तका कार्यक्रमहरु, विद्यालय तथा महिला समूह र सहकारीहरुमा आवद्धता भएका व्यक्तीहरुको समूहमै पुगेर पनि जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको फिल्ड संयोजक महर्जनले    बताए । समुदायका समस्याहरु संस्थाका सामाजिक परिचालकहरुबाट आउने भएकोले मागका आधारमा कार्यक्रम गर्नका लागि सजिलो भएको कार्यक्रम संयोजक खत्रीको भनाइ छ । समुदायकै सहभागिता र उनीहरुकै लागि संचालन भएको   परियोजना अन्तर्गतका सेवा सक्दो सदुपयोग गर्न संस्थाले अनुरोध गरेको  छ । संस्थाले वितरण गरेको सामाग्रीको सदुपयोग गर्न पनि संस्थाले अनुरोध  गरेको छ । भूकम्प पिडितहरुले पिडाका बेलामा स्वास्थ्यको ख्याल नगर्ने गरेको पाइएकोले व्यक्तिगत तथा सामुदायिक     सरसफाई प्रति सचेत हुनका लागि  अनुरोध गरेको छ । 
खानेपानी निर्मलीकरण गर्दै बालिका ।

All news in One Place