तामाङ समुदायको संस्कृति संरक्षणमा जोड

जातीय सद्भाव एवम् साहिष्णुता कायम राख्दै तामाङ समुदायको संस्कार र संकृतिको संरक्षणमा जोड दिइएको छ । ‘२८५२ टे-मागर ल्होछार’ पर्वको अवसरमा नेपाल तामाङ घेदुङ मकवानपुरद्वारा बुधबार आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागीले तामाङ समुदायको परम्परादेखि मान्दै आएको जातीय संस्कार र संस्कृतिको संरक्षणमा जोड दिइएको हो । पछिल्लो समय बाहिरि संस्कृतिको प्रभाव बढेको सन्दर्भमा आफ्नो समुदायको संस्कृतिको संरक्षणमा जोड दिइएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यता एवम् नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले जातीय समुदायको संस्कार संस्कृति संरक्ष्ँणमा मुलुकमा भर्खरै जारी भएको संविधानले सुनिश्चित गरेको भन्दै शान्तिपूर्ण रुपमा चाडपर्व मनाउन सूझाव व्यक्त गर्नुभएको थियो । कार्कीले चाडपर्वका नाममा कसैले गलत काम गरी असहज परिस्थिति उत्पन्न गरे प्रशासनमा खवर गर्न समेत आग्रह गर्नुहु“ सोनाम ल्होछार पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो । यसैगरी घेदुङका केन्द्रीय सदस्य सुनिल मोक्तानले ४ हजार वर्ष भन्दा पहिलेदेखि नै मान्दै आएको तामाङ समुदायले सोनाम ल्होछार पर्वलाई आफ्नो क्ष्ँमता अनुसार मनाउन आग्रह गर्नुहु“दै शुभकामना व्यक्त गर्नुभएको थियो । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले सा“स्कृतिक सहिष्णुता र जातीय एकतामा नै राष्ट्रियता र स्वाभिमान कायम रहेने बताउनुभएको थियो । सिग्देलले खराव संस्कृतिलाई त्याग्दै असल संस्कृतिलाई अनुसरण जोड दिंंदै सांस्कृतिक एकतामा नै जातीय पहिचानको संरक्ष्ँण हुने उल्लेख गर्नुभएको थियो । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापामगरले नेपाली समाजमा सामाजिक विभेद भएपनि संस्कार र संस्कृतिले एकआपसमा जोडिएको बताउनुभयो । थापाले तामाङ समुदाय लगायत सम्पूर्ण आदिवासी जनजाति शैक्षिक, आर्थिक एवम् राजनीतिक परिवर्तन एवम् पहुंच अभिबृद्धि
हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सहसचिव जंघबहादुर गुरुङ, जिल्ला विकास समिति मकवानपुरका बरिष्ठ सामाजिक विकास अधिकृत रामकृष्ण थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ह्याङ्ला गुठी कर्राका अध्यक्ष अमर बहादुर स्या·तानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिरा चौधरी, प्रहरी प्रवक्ता डिएसपी शिशु शर्मा, एमाओवादी मकवानपुरका सचिव सर्केश घलान, नेकपा क्रान्तिकारी मकवानपुरका कमान सिं घलान, भुजेल सेवा समाज मकवानपुरका अध्यक्ष धु्रव भुजेल लगायत विभिन्न गुठी, जातीय संगठन लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । घेदुङ मकवानपुरले यसवर्ष पहिलो साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । दोस्रो दिन आज तामाङ साहित्यिक गोष्ठी कार्यक्रम हुने आयोजकले जनाएको छ ।
-यमकुमार वाइवा तामाङ, हेटौंडा

All news in One Place