अगुवा कृषकलाई चार दिने तालिम दिइयो

शितोष्ण वागवानी केन्द्र दामनको आयोजनामा चारदिने हिउँदे फलफूल खेती प्रविधि सम्बन्धी तालिम सोमबार २० माघमा थाहा नगरको दामनमा सम्पन्न भएको छ । अगुवा कृषकहरुको लागि आयोजना गरिएको तालिममा थाहा नगरपालिका, टिष्टुङ र मार्खु गाविसका कृषकहरुको सहभागिता रहेको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो । 
शितोष्ण वागवानी केन्द्र दामनका नायब प्राविधिक सहायक राजकुमार श्रेष्ठको संयोजकत्वमा भएको तालिमका सहभागीहरुलाई शितोष्ण वागवानी केन्द्र दामनका प्रमुख आइतसिंह गुरुङ, प्राविधिक कालिकान्त झा, राजकुमार श्रेष्ठ र कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झाले सहजीकरण गरेका थिए । 

All news in One Place