भूकम्प पिडितलाई आलुको बीऊ

थाहा नगरपालिका वडा नंबर ९ मा सिसिडिएन मकवानपुरले भूकम्प पिडित किसानहरुलाई आलुको बीऊ वितरण गरको छ । 
वडा नंबर ९ फापरबारी, जुरेथुम क्षेत्रका २५ घर धुरीलाई आलुको बीऊ वितरण गरिएको कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झाले जानकारी  दिए । आलु बीऊ वितरण कार्यक्रममा कृषि सेवा केन्द्र दामनका कृषि प्राविधिक मधुसुदन आचार्य, सिसिडिएनकी सस्मिता बल तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । पिडित किसानहरुले आलुको बिऊ पाएपछि खुशी व्यक्त गरेका थिए ।
तस्वीर सौजन्य: मधुसुसदन आचार्य, कृषि सेवा केन्द्र दामन 

Add caption

All news in One Place