चित्लाङ गाउ परिषद् सकियो

मकवानपुरको उत्तरी क्षेत्रस्थित चित्लाङ गाउँ विकास समितिको १९ औं गाउँ परिषद् भएको छ । गाविस कार्यालयको आयोजनामा भएको परिषद्मा गाविसको बजेट सार्वजनिक गरिएको छ । कार्यालयले आव २०७२÷७३ को संशोधित आयव्यय २० लाख २४ हजार सार्वजनिक गरेको छ । आगमी आर्थिक वर्षको प्रस्तावित २४ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा २ न. क्षेत्रका सांसद सुभाष चन्द्र ठकुरीले गाउँको भौतिक पूर्वाधार विकास बजेटमा प्राथमिकता दिनुपर्ने बताए । गाउँबासीले अनुभुती गर्नसक्ने खालको भौतिक विकासमा सरकारले आवश्यक बजेट छुट्याउनु पर्ने धारणा    राखे । उनले गाविसको बजेटबाट सडक, विजुली र खानेपानी विकासमा जोड दिनुपर्ने बताए । गाविस सचिव तपराज जोशीको सभाध्यक्षता तथा सांसद ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।  गाउँ परिषद्मा नेपाली कांग्रेसका शालिकराम मानन्धर, नेकपा एमालेका     हरिबहादुर गोपाली, एमाओवादीका गणेशबहादुर पुलामी, राप्रपा नेपालका हर्षबहादुर बलामीलगायतका स्थानीयबासीको उल्लेख्य सहभगिता रहेको थियो ।

All news in One Place