आगजनीका आरोपीलाई सफाई
मकवानपुर बहुमुखी क्याम्पमा आगजनी गरेको आरोपमा मुद्धा चलाइएका ५ विद्यार्थीलाई जिल्ला अदालत मकवानपुरले सफाई दिएको छ । जिल्ला न्यायाधिश नारायणप्रसाद पौडेलको ईजलासले विद्यार्थीहरु अमृत बर्तौला, गिरिजा अधिकारी, राकेश महर्जन, हेमबहानुर थिङ र श्रवण बर्तौलालाई सफाई दिएको हो । उनीहरुले क्याम्पस प्रमुख डोरमणी पौडेलको कार्यकक्षमा आगजनी गरेको आरोपमा क्याम्पस प्रशासनले प्रहरीमा उजुरी दिएका थिए ।

सफाई पाएकामध्ये महर्जन राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनका नेता हुन् भने अन्य सबै नया“ शक्ति निर्माण अभियानका अभियान्ता छन् ।
फाइल फोटो, विकास खबर
-कृष्ण सारु, मकवानपुर