श्रब्यदृश्य सामाग्रीहरु प्रदर्शन

भुकम्प प्रभाबित क्षेत्रका बालबालिकाहरुले भुकम्प पछिकोे अबस्था भोगाई र  समस्याका बिषयमा बालबालिकाकै आवाजमा तयार पारेको श्रब्यदृश्य सामाग्रीहरु प्रदर्शन गरेकाछन् ।
फोटो: पुष्पराज अधिकारी, हेटौंडा
युथ रिपोर्टरले १३ माघमा हेटौडामा आयोजित जिल्ला स्तरीय सञ्चार सामाग्री सार्बजनिकीकरण कायृक्रमका बीच भुकम्पले बालबालिकामा पारेको समस्याको बारेमा श्रब्यदृश्य सामाग्री प्रस्तुत गरेकाहुन् । प्लान ईन्टरनेशनल नेपाल र ईन्द्रसरोबर युवा क्लब मार्खुको साझेदारीमा गत साउनदेखि  मकवानपुरका उत्तरी ८ गाबिसमा परीयोजना सञ्चालन भएको थियो । उक्त परीयोजना अन्तर्गतका युथ रिपोर्टरले भुकम्प पछि बालबालिकाको क्षेत्रमा के कस्तो समस्याहरु आईपरेका थिए र भुकम्प प्रभाबित क्षेत्रका बालबालिकालाई के कस्तो समस्याहरु रहेका छन् भन्ने बारेमा जानकारी गराएका थिए । 
   युथ रिपोर्टरले बालबालिकाको बिषयमा फोटो कथा, भिडियो रिपोर्ट तथा रेडियो सन्देश निर्माण गरी प्रस्तुतीकरण समेत गरेका थिए । बालबालिकाहरुकै आवाजमा तयार भएका सामाग्री प्रस्तुत पश्चात कार्यक्रमका प्रमुख अतिथी ब्यबस्थापिका संसदका साँसद राजाराम स्याङ्तानले देशमा पूननिर्माण अभियान सुरु भईसकेकोले बालबालिकाहरुको समस्यालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए । बिपदको समयमा बालबालिकाहरु बढि जोखिममा परेको स्मरण गर्दै साँसद स्याङतानले सबै क्षेत्र तथा निकाय बालबालिकाको बिषयमा सँबेदनशिल बनी अघि बढ्न आग्रह गरे । यसैगरी जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले भुकम्पको त्रास बालबालिकाहरुबाट अझै हट्न नसकेको बताए । बालबालिकाहरुलाई अस्थायी टहरामा राखी अध्यापन गराउदा उनिहरुलाई समस्याहरु भईरहेको जनाउदै शिक्षा अधिकारी आचार्यले बिद्यालयको भौतीक संरचना निर्माणलाई पहिलो प्राथमिकताका साथ कार्यालयले कार्ययोजनामा राखेको थियो । ईन्द्र सरोबर युवा क्लब मार्खुका अध्यक्ष मणिराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, एनेकपा माओेबादीका अध्यक्ष प्रेम पुलामी, प्लान ईन्टरनेशनल नेपाल मकवानपुरका ईकाई प्रबन्धक नेत्रप्रसाद उपाध्याय, महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा साह लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
-पुष्पराज अधिकारी, हेटौंडा

All news in One Place