इलाका स्तरीय गोष्ठी सकियो

थाहा नगरको तर्फबाट इन्जिनियर सन्तोष बोहरा र टिष्टुङ गाविसको तर्फबाट गाविस सचिव राजेन्द्र प्रसाद चौलागाइले जिल्ला तथा केन्द्रमा पेश गर्ने योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका योजना अधिृकत किसन न्यौपाने, केन्द्रीय योजना प्रमुख राजाराम थापा, दिपक मिश्र, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, राप्रपा नेपालका मकवानपुर अध्यक्ष नवराज विष्ट, क्रान्तीकारी माओवादीका भीम पाख्रिन, संघीय गणतान्न्त्रिकका जीवन मोक्तान लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा थाहा नगर र टिष्टुङ गाविसका सरकारी तथा गैर सरकारी संघसंस्थाका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।
१० नंबर इलाकाको योजना तर्जुमासंगै मकवाननपुरको सबै इलाकाको योजना तर्जुमा सम्पन्न भएको छ । इलाकाबाट प्राथमिकीकरण गरिएको योजनाहरु अब जिल्ला स्तरीय योजना तर्जुमा समितिमा पेश गरिनने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिए । अब हुनने जिल्ला परिषद्बाट योजनाहरुलाई पारित गरिने अध्यक्ष विष्टले जानकारी दिए ।
