दामनमा सहरी स्वास्थ्य केन्द्र

थाहा नगरपालिका वडा नंबर ९ दामनमा दामन सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य केन्द्रको जिल्ला स्वासथ्य कार्यालय मकवानपपुरका जन स्वास्थ्य निरीक्षक भोला चौलागाइले उद्घाटन गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका योजना प्रमुख प्रकाश कुमार लामा, स्थानीय समाजसेवी ज्योति रायमाझी, प्राथमिक स्वास्थ्य केन्द्र पालुङका सिनियर अहेब चिनिया लामा, ९ नंबर वडा नागरिक मञ्चका संयोजक दिपकसिंह लामा लगायतकाको आतिथ्य रहेको     थियो ।
   स्वास्थ्य केन्द्र उद्घाटनको अवसरमा थाहा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश कुमार लामाको अध्यक्षतामा दामन सहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समिति गठन लगरिएको छ । समितिको पाध्यक्ष दिपकसिंह लामा तथा सदस्यहरुमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङका चिनिया लामा, महिला स्वास्थ्य स्वयंसेविका सप्तदेवी गोपाली र चरीमाया थिङ ल
गायत रहेकी छिन् । दामनमा स्थापना भएको दामन सहरी स्वास्थ्य केन्द्रमा एकजना अहेबे र एकजना अनमिको दरबन्दी रहेको छ । दामनमा स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । 

All news in One Place