संवादका सहयोग समितिका पदाअधिकारीलाई सम्मान
कार्यक्रममा एनिमेटरहरु मोहनदास प्रधान र शिखा विश्वकर्माले आफूहरुको सकृयता र सहजीकरणमा एक वर्ष सम्म किशोर किशोरी र समुदायमा ल्याएको परिवर्तन वारेमा वताएका थिए भने सम्वाद सहयोग समिति संयोजकहरु सीताराम वयलकुटी, मोहनमान प्रधान र शान्ति विश्वकर्माले सम्वाद केन्द्रका किशोर
किशोरीले समुदाय, परिवार र व्यक्तिगत रुपमा ल्याएका परिवर्तनहरुको वारेमा वताएका थिए ।
सम्वादले समाजमा सकारात्मक परिवर्तन ल्याएकाले यसको निरन्तरताको लागि आयोजक संग माग गरेका थिए भने प्राप्त उपलव्धीलाई संस्थागत गर्न आपूmहरु हरतरहले लाग्ने प्रतिवद्धता समेत जाहेर गरे । प्रमुख अतिथी पुरीले सम्वादले सकारात्मक परिवर्तन ल्याएको आफूले पनि महशुस गरेकोले नगरपालिकाको कार्यक्रमलाई नगरपालिका संग समन्वय गरेर जानु पर्ने र यसमा आफू सकारात्मक भएको वताउनु भयो । एनिमेटर र सम्वाद सहयोग समिति संयोजकहरुलाई थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरी र सम्वाद परियोजना अधिकृत कमल कुमार विश्वकर्माले संयुक्त रुपमा प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका थिए । यसै वीच सम्वादका किशोर किशोरीलाई आय आर्जनमा सहयोग पु¥याई विद्यालय शिक्षालाई निरन्तरता दिन ११ जना किशोर किशोरीलाई ३÷३ वटा वंगुर र एक जनालाई वाख्रा प्रदान गरिएको सम्वाद परियोजना अधिकृत विश्कर्माले जानकारी गराएका छन् ।
दलित किशोर किशोरीका लागि अधिकारमुखी शिक्षा सम्वाद परियोजना यहि डिसेम्बरमा सम्पन्नह’ँदैछ ।