इमान्दारितामाथि प्रश्न
सँधै देख्या कुरा लेख्दै र अरुलाई खुस–खुस सुनाउँदै हिँड्ने ट्वामे यो साता अन्तरवर्ता लिन ठूलेकोमा पुग्यो । ठूले एउटा मज्जाको कार्यालयका बफादार कर्मचारी हुन् । पत्रकारिता सिक्दै गरेको ट्वामेको ठूलेकोमा अन्तरवर्ता लिन पुग्दा आङ जुरुङ्ग भयो । किन भने ट्वामेले ठूलेको अन्तरवर्ता पहि
लो पटक लिन पुगेको थियो । जे होस् ट्वामेले जोस्सिएर अन्तरवार्ता लिने आँट ग¥यो । अब प्रस्तुत छ, ट्वामेले ठूलेसंग लिएको अन्तरवार्ता:
–कार्यालयमा त बस्दै बस्नुहुन्न भन्छन् नि ?
बहुत राम्रो कोइसन गर्नु भो ट्वामेजी कोइसनका लागि धन्यवाद । वास्तवमा म कार्यालयमा त्यत्ति बस्दिन । के गर्नु सबैको चहाना बुझिदिनूपर्ने । मानिस सामाजिक प्राणी हो । त्यसैले समाज सेवा पनि गर्नै प¥यो । श्रीमतिको काम पनि सघाउनै प¥यो । बच्चाको होमवर्क पनि हेर्दिनै परो । बजारतिर गएर अरुका कुरा पनि काट्नै परो । गाउँको ठेक्कापट्टा खेलकुद नाचगान सप्पै मिलाउँदा कुनै साता त तीन दिन पनि अफिस जान भ्याउँदिन भन्या ।
–यति धेरै क्षेत्र सम्हाल्नू भएको छ कसरी समय व्यवस्थापन गर्नू भएको छ नि ?
हा हा हा.. ट्वामेजी । सबै कुरा आफ्नो मन हो हेर्नुस् । आफूले चाह्यो भने काम सजिलै भ्याउन सकिन्छ । कार्यलयमा काम गर्नै पर्दैन हाजिर गर्दिए पुग्छ । घरको काम खासै गर्नू पर्दैन अह्राइीदए भइहाल्छ । घरमा बालबच्चा होमवर्क पढाउन सिकाउन झारो टार्दिने हो । फेल भए मास्टरलाई हकार्ने हो । यस्तै–यस्तै गरेर पनि म समय व्यवस्थापन गरी गरी काम गरिरहेको छु ।
–तपाइको एक दिनको दैनिक कार्य तालिका आम पाठकलाई भन्दिनुस् न ?
ए, कार्य तालिका नै भन्नु पर्ने भो अब ? ठीकै छ । मबाट अरुलाई पनि केही सिकाइ हुन्छ भने त के भो र । विहान चिया खानू भन्दा अघिको तालिका त के भनाई भो र ? त्यसपछि विहान श्रीमतिले पकाएर ठिक्क पारेको खाना खाएर कार्यालय गइन्छ । अफिसमा हाजिर ठोकेर केही बेर घाम तापेपछि अरु स्टाफलाई काम गर्न थर्काइन्छ । त्यसपछि अन्त कतै कार्यक्रम भए निहुँ पार्छु । नभए बजार च्या खान जान्छु । त्यसपछि कार्यालय बाहिर बाहिरै साथीहरुसंग हात मिलाउँदैमा दिन बित्छ । त्यसपछि झम्केसाँझमा घराँ आइपुग्छु । बाउआमा बालबच्चा श्रीमति सबैलाई जागिर र समाज सेवाको गुठ्ठी हाँकेर सुत्छु । भोलीपल्ट पनि त्यस्तै त्यस्तै बित्छ ।
–तपाइलाई सफल कर्मचारी तथा समाजसेवी पनि भन्छन् नि ?
म सफल नै हुँ । म जे गर्छु त्यही बोल्छु । म भ्रष्टचार कहिल्यै गर्दिन । मरिजाम् भ्रष्टचार त गर्दै गर्दिन । जनताको काम आफ्नै काम जस्तो लाग्छ त्यसैले फुर्सद भएको बेलामा मात्र गर्छु । अरु बेलामा गफै धेरै गर्छु । आफ्नो भन्दा अरुको कुरा धेरै गर्छु । अरुको कुरा त आफै बिरुब हुने गरी ह्वाल ह्वाल्ती छाद्छु । अनि म सफल व्यक्ती भइन त ?
–तपाई कुन पार्टीमा आस्था राख्नुहुन्छ भन्न मिल्छ ?
मिल्दैन, म राष्ट्रसेवक कर्मचारी । जनताको काम गर्ने मान्छे पार्टीको झण्डा मुनि हुँदैन अब बिर्सेर पनि यो प्रश्न नगर्नुस् प्लिज ।
–भन्न मिल्ने जत्ति चै भन्दिनूस न ?
एकीकृत नेकपा काँग्रेस । यहाँ भन्दा बढि खुलासा गर्न चाहँदिन ।
–तपाई, जागिर, समाजसेवा साथै व्यापार पनि गर्नु हुन्छ हैन भन्या ?
त्यसलाई व्यापार भन्न मिल्दैन । त्यो त जनतालाई सुविधा द्या हो । उपभोग्य सामानको सहज उपलब्धता गराएको हुँ । अरुका नाम गरेर अलिअलि त खानै प¥यो नि । यसलाई प्रमाण ल्याउनुस म सजाय भोग्न तयार छु ।
–अन्तमा केही भन्नु छ कि ?
केही छैन । म संग अन्तरवार्ता गर्ने आँट गर्नुभयो । त्यसका लागि धन्यवाद । म भन्दा धेरै माल खाने र मालामाल हुने थुप्रै छन् म पनि तिनको पर्दाफास गर्ने अभियानमा छु ।