पिडितलाई पैसा

     भूकम्प पीडितलाई जाडो याममा न्यानो कपडा खरिदका लागि थाहा      नगरपालिका वडा नंबर ६, ७ र ५ का भूकम्प पीडितलाई प्रतिव्यक्ति १० हजार रुपियाँ बितरण गरिएको छ ।
  थाहा नगरपालिका वडा नंबर ६ का ३ सय ९५, वडा नंबर ७ का ४ सय ३२ र ५ नंबरका १ सय ९४ का भूकम्प पीडितलाई रकम बितरण गरिएको रेडक्रस जिल्ला सदस्य हरिकृष्ण कार्कीले जानकारी   दिनूभयो । भूकम्प पीडितलाई नेपाल         रेडक्रस  सोसाइटी जिल्ला शाखाको सहयोगमा हालसम्म गोगने, डाँडाखर्क, नामटार, खैराङ गाविसमा रकम बितरण गरिसकेको कार्कीले बताउनुभयो । 
   पूर्णरुपमा घर क्षति भएका  परिवारलाई जाडो याममा कपडा खरिद गर्न रकम प्रदान गरिएको हो । अस्थायी टहरामा बसिरहेका पीडितलाई चिसोले आक्रान्त पारेको पीडा पोखिएपछि       सरकारले न्यानो लुगा खरिद गर्न थप १० हजार रुपियाँ प्रतिपरिवार दिने घोषणा गरेको थियो । ढिलै भए पनि रकम पाएकोमा पीडित सुमन केसीले केही भए पनि राहत मिलेको बताउनुभयो ।   मकवानपुरको गोगने गाविसका ७ सय ६० घरधुरीमध्ये ७ सय २६ घरधुरीलाई १० हजार बितरण गरिएको छ । सरकारबाट जाडो महिनाका लागि न्यानो कपडा किन्न दिने भनिएको १० हजार नेपाल रेडक्रस सोसाइटीबाट बितरण भएको हो । ७ सय २६ घरधुरीले रकम बुझिसकेको गाविसका सचिव राजेन्द्र कुमार श्रेष्ठले   बताउनुभयो । उत्तरी मकवानपुरको सीमभञ्ज्याङनजिक अस्थायी शिविरमा बसिरहेका भूकम्प प्रभावितहरु चिसोले बिरामी पर्न थालेका छन् । तत्काल उचित बास स्थानको ब्यवस्था गरिदिन उनीहरुले सरकारसँग माग गरेका छन् ।
   वैशाख १२ गतेको भूकम्पले जमिन चर्किएर बिस्थापित भएका मकवानपुरको नामटारका भूकम्प प्रभावितहरु पनि जाडोले 
बिरामी पर्न थालेका छन् । २ हजार ४ सय ८८ मिटर उचाईंमा रहेको सीमभञ्ज्याङ नजिक अस्थायी शिविरमा बसिरहेका भूकम्प प्रभावित बालबालिका, महिला र ज्येष्ठ नागरिक चिसोले थप समस्यमा छन् ।

All news in One Place