सुन्दरीको गाला पाकेपछि...
यो साता टवामेको आँखा पाकेर गोलभेडा जस्तो भएको थियो । अरुका आँखा पनि पाक्यो कि भनेर ट्वामेले भ्यू टावरबाट धेरै नियाल्यो । सुन्दरीको आँखा त ठिकै थियो, तर गाला चै उत्तिकै रातो । गाला पनि पाक्यो कि क्या हो ? फेरी यो गाला पाक्ने रोग भनेको त थाहा थिएन । ट्वामेलाई खस्खस् लागेर सोध्दा सुन्दरीले मुख छोडी–‘जाँच क्या जाँच, जाँचको टेन्स’ले गाला पाक्यो । ट्वामेले फेरी सोध्यो ए, साप्ताहिक, मासिक त्यस्तै त्यस्तै जाँचमा टेन्स आ’को थियो, अर्थात टेन्स माने काल ? अब त ऊ झन राती भै र कड्की ।
ट्वामे दंग प¥यो एक छिन घोरिएर सोच्यो । के भएछ आज सुन्दरी लै ? मनमनै प्रश्न ग¥यो । त्यसपछि औलो भाँच्दै उस्को कुरालाई अथ्र्याउन थाल्यो । गाला पाक्नु भन्नाले जाँचमा ‘टेन्स’ हुनु, टेन्स हुनु भनेको काल आउनु आच्या हैन क्यार । काल नै आको आ’को भए त त्यो सुन्दरी रिसाउनु नपर्ने ? खै काँ कुरो टुट्यो । यस्तै कुरा मनमा खेलाउँदै दुरविन घुमाउँदै गर्दा एउटा स्कूल देख्ने वित्तिकै उस्लै झ्वास्स याद आयो । त्यत्ति बेलै उस्ले आफूले एसएलसी दे’को सम्झ्यो । अनि त ट्वामेले कुरोको चुरो भेट्टाई हाल्यो ।
कुरो त अर्कै र’छ । ऐले त अब एस्याल्सीको लागि ट्यूसन पढ्न भन्दै गामतिरका स
बै सुन्दरी थाहा नगरमा थुप्रेका छन् । यो बेलाँ सबैको आँखा सेप्रा पारेर गाला पाकेको भन्ठान्या त यिनीहरु रात दिन पढ्दा र’छन् अनि झन प्रष्ट हुँदै भन्यो । अब जति जति एस्याल्सी नजिकिन्छ उति–उति गाला पाक्न थालेपछि टेवामे लै के चाहियो । सुन्दरीहरुका पहिले जस्तो टिकस काटेर कुन्नी के क्याट कि स्याक वाक हेर्न पनि नपर्ने । जनकल्याणको बगर, क्याम्पसको डाँडो, डाँडामुखको सल्लाको छहारीमा भेटघाट बढेपछि अनि सुन्दरीको के पाक्छ त गाला नपाकेर । अनि ट्वामेले सम्झ्यो हाम्रा पालामा धेरै पढेर आँखा पाक्या जस्ता हुन्थे ऐले नपपढेरै गाला पाक्दा रै’छन् । भन्थे बुढापाकाले, कलि लाग्छ क्या बाबु कलि लाग्न चै लाग्ने नै रै’छ । ट्युनश पुराणले वाक्क दिक्क थुक्क भएको ट्वामेको दिन अब एस्याल्सी नसकून जेल अर्काको गालामा हेर्दैमा जाने भो । सुन्दरीहरुको मात्र गाला पाकेर फतक्कै झर्ला जस्तो भएको देखेर अब ट्वामेलै नि आफ्नो गाला राता–राता पानबुट्टे पाराले पाकोस भन्ने इच्छा जाग्न थाल्या छ । लौन सुन्दरीहरु ट्वामेलै नि गाला पकाउन मन लाग्यो । यो पालीको एस्याल्सीमा ट्वामेको चै गाला पाक्छ कि पाक्दै हँ ?