राष्ट्रिय युवा खेलकुद मञ्च र खेलकुदको महत्व

 –लक्ष्मणदेव पाण्डे

समयको परिर्वतनसँगै मानिसको जीवनमा व्यस्तताले घर गर्दै गइरहेको   छ । आम मानिसको खानपान, जीवनशैली, रहनसहनमा ठूलो परिवर्तन आएको छ । आज प्रविधिले त झन् छलाङ   मारिसकेको छ । यस्तो परिस्थितिमा मानिसहरू मानसिक, शारिरीक रूपमा स्वस्थ्य रहनु झन् बढी आवश्यक छ । तर सबै तरहले स्वस्थ्य रहने माध्यम खेलकुद नै होभन्दा अतियुक्ति नहोला । खेलकुदभन्दा बित्तिकै कुनै एउटा मात्र खेल भन्ने बुझाइ भएमा गलत हुनेछ । मानिसहरूलाई कुनै एउटा गाडीका सबै पार्टपुर्जा जसरी चलायमान भएनन्, गाडी नचलाइकन राखियो भने खिया लागेर बिग्रिएका हुन्छन्, त्यसैगरी सबै अङ्ग–प्रत्यङ्ग चलायमान भएनन् भने शरीर पनि खिया लागेको गाडीको स्थितिमा पुग्दछ । त्यसैले हाम्रो शरिर पनि चलायमान हुनु जरूरी छ । त्यसका लागि आ–आफ्नो रूचिका खेल जुनसुकै पनि हुन सक्छन् । ती खेलको माध्यमबाट मानिसले आफ्नो शरीरका सबै अङ्गहरूलाई चलायमान       राखिराख्न सकिन्छ । अहिले आएर त सहरभित्रको कहालीलाग्दो बसाइँ, विषादीयुक्त तरकारी, फलफूल, सहरभित्रको प्रदुषण, एक ठाउँमा मात्रै बसेर काम गर्ने प्रविधिको विकास, व्यस्तता यी सबै       कुराले गर्दा हाम्रो शरीर बजारमा पाइने ब्रोइलर कुखुराभन्दा फरक छैन । यस्तो अवस्थामा हामी सबैको व्यस्तताका बावजुद स्वस्थ्य रहनका लागि स्वस्थ आहार, विहार, विभिन्न खेलकुद र योगालाई समेत अपनाउनु पर्ने हामी सबैको आवश्यकता भएको छ । सफल जीवन भनेको नै मानिसको क्रियाशीलता हो । मानसिक रूपमा स्वस्थ्य हुनका लागि पनि शारिरिक रूपमा स्वस्थ्य रहनु जरूरी     हुन्छ । यसरी हाम्रो दैनिक जीवनमा खेलकुदको ठूलो महत्व रहेको छ ।


                                                                                      एकातिर, खेलकुदको माध्यमबाट युवाहरूलाई                                                                                               कुलतमा लाग्नबाट बचाउने, आफ्नो कुनै पनि खेलमा                                                                           रहेको प्रतिभालाई समाज, राष्ट्र र अन्तराष्ट्रिय स्तरसम्ममा                                                                                 उजागार गर्न   उत्प्रेरित गराउने छ अर्कातिर, न्याय,                                                                                      समानताका लागि आवाज बुलन्द पार्नका लागि प्रशिक्षित                                                                                   गरिरहने कार्य आफैमा गौरवको विषय हुन जानेछ ।

   हाम्रो हरेक समाजमा रहेका बालबालिका तथा युवाहरूमा विभिन्न खेलप्रति रूचि रहेको हुन्छ । राम्रो प्रतिभा, क्षमता हुँदा हुँदै पनि अवसरको अभावमा ती प्रतिभाहरू दबिएर ओझेल परेर रहेका हुन्छन् । अखिल नेपाल युवक सङ्घले आफ्नो सङ्गठनलाई वैचारिक रूपमा स्वस्थ्य राख्दै, सङ्गठनमा आवद्ध युवाहरूलाई विभिन्न खेलकुदको माध्यमबाट शारिरिक रूपमा स्वस्थ्य राख्ने काममा ध्यान दिँदै आएको छ । तर यो पर्याप्त छैन । खेलकुदप्रति आम युवाहरूको आकर्षण बढाउँदै लैजानु पर्ने आवश्यकता बढेर गएको छ । युवक सङ्घले आफ्नो स्थापना कालदेखि नै खेलकुदका गतिविधिलाई अगाडि बढाउँदै गइरहेको छ । पञ्चायत कालमा समेत राष्ट्रिय युवा खेलकुद मञ्चको नामबाट सङ्गठनको गतिविधि अगाडि बढाउँदा विभिन्न समयमा प्रहरी प्रशासनबाट धरपकडको समेत सामना गर्नु परेको इतिहास हाम्रा सामु साक्षी छ । अहिले पनि युवक सङ्घले खेलप्रेमी युवाहरूलाई राष्ट्रिय युवा खेलकुद मञ्चको माध्यमबाट सङ्गठित गर्दै अगाडि बढिरहेको छ ।         खेलकुदलाई तल गाउँ, टोलसम्म पु¥याउने यसको लक्ष्य रहेको छ । विभिन्न समयमा यो मञ्चले विविध खेलकुदका विधालाई समेटेर विभिन्न स्तरका स्वस्थ प्रतियोगिताहरू सम्पन्न गर्दै आइरहेको      छ । यसको प्रमुख उद्देश्य खेलकुदको माध्यमबाट युवाहरूलाई सङ्गठित गर्दै     वैचारिक रूपमा समेत युवाहरूलाई स्वस्थ्य बनाउँदै देश र जनताको पक्षमा काम गर्नको लागि उर्जा थप्नु रहेको छ । त्यसैले त यसको नारा ‘मित्रता, एकता र परिवर्तनको लागि खेलकुद’ भन्ने रहेको छ ।
    सबै कुराहरूलाई ध्यान दिँदै युवक सङ्घको निर्णय अनुसार राष्ट्रिय युवा खेलकुद मञ्चलाई सङ्घ संस्था ऐन २०३४ अन्तर्गत काठमाडौँमा दर्ता गरी यसका शाखालाई विभिन्न जिल्लामा विस्तार गर्ने काम अगाडि बढिरहेको छ । युवाहरूको मञ्चप्रतिको आकर्षण बढिरहेको छ । विभिन्न जिल्लाहरूमा खेलप्रेमी युवाहरू यस मञ्चको छातामुनि गोलबन्द भइरहेका छन । यसलाई विभिन्न ठाउँमा छरिएर रहेका खेलकुदका प्रतिभालाई प्रस्फुटन गराई अवसर प्रदान गराउने अग्रजको रूपमा स्थापित गराउन जरूरी छ । विशुद्ध खेलकुदले मात्र कुनै पनि युवा वैचारिक रूपमा स्पष्ट, स्वस्थ्य रहन सक्दैन । अन्य खेलकुद सङ्घ÷संस्थाभन्दा भिन्न       रहेको यस मञ्चका सम्पूर्ण सदस्य खेलाडीहरू देशभक्ति, राष्ट्रियता, समानताको भावनाले ओतप्रोत भएका बनाउनु आवश्यक छ । नभए कोरा खेलले मात्र कुनै पनि युवा सबल सक्षम खेलाडी बन्न सक्दैन भन्ने हाम्रो मान्यता रहेको छ । यिनै     कुराहरूलाई पुरा गर्नका लागि यो मञ्चको स्थापना गरिएको हो ।
    नेपालमा खेलकुदको लामो इतिहास हुूदाहुँदै पनि राज्यको अहिलेसम्मको खेलकुदप्रतिको उदासीनताका कारणले नै खेलकुदको विकास हुन सकिरहेको       छैन । केही वर्षदेखि युवा तथा खेलकुद मन्त्रालय छुट्टै बनाइएता पनि यो मन्त्रालयले आफू मातहत खेलकुद परिषदमा आफ्ना मानिसहरू कसरी नियुक्ति गर्ने भन्ने         राजनीतिक दलको होडबाजीकै कारणले समग्र खेल क्षेत्र र खेलमा प्रतिभा भएका युवाहरूमा निराशा उत्पन्न हुने अवस्था सिर्जना गर्ने राज्य नै खेलकुदको बाधक बनिरहेको छ । राज्यबाट बन्ने सही नीतिबिना र नीति, अनुशासन पालन गर्नु पर्नेहरू सबै जिम्मेवार नबनुञ्जेल समग्र खेल क्षेत्रको विकास हुन सक्दैन ।         राज्यमा बस्नेहरू गम्भीर नबनेसम्म यो अवस्था यही रहिरहने छ । खेलप्रेमी सबैले आ–आफ्नो ठाउँबाट राज्यसत्तामा बस्नेहरूलाई खबरदारी गर्नु हाम्रो     जिम्मेवारी हुनेछ ।
    युवाहरूलाई पश्चिमी छाडा संस्कृतिले आक्रान्त पारिरहेको अवस्थामा राष्ट्रिय युवा खेलकुद मञ्चले खेलकुदको माध्यमबाट आफ्नो मञ्चमा ल्याई प्रशिक्षित पार्ने        र नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको पक्षमा काम गर्ने उर्जा समेत भर्ने काम गर्नु चुनौतीपूर्ण कार्य रहेको छ । एकातिर, खेलकुदको माध्यमबाट युवाहरूलाई कुलतमा लाग्नबाट बचाउने, आफ्नो कुनै पनि खेलमा रहेको प्रतिभालाई समाज, राष्ट्र र      अन्तराष्ट्रिय स्तरसम्ममा उजागार गर्न   उत्प्रेरित गराउने छ अर्कातिर, न्याय, समानताका लागि आवाज बुलन्द पार्नका लागि प्रशिक्षित गरिरहने कार्य आफैमा गौरवको विषय हुन जाने छ । यो कार्य हामीले सोचे जस्तो सहज रूपमा गर्नका लागि आर्थिकदेखि धेरै अप्ठ्याराहरू हाम्रा सामु खडा हुनेछन् । तर ती सबै     अप्ठ्याराहरूको सामना गर्दै हामीले हाम्रो यात्रालाई निरन्तर अगाडि बढाउँदै लैजानु आवश्यक छ । निरन्तरता, उचित व्यवस्थापन र हामी सबैको अथक प्रयासले मात्र यो मञ्चले आफ्नो लक्ष्यलाई पूरा गर्न     सक्नेछ । मञ्चमा बढीभन्दा बढी खेलकुदप्रति रूचि राख्ने युवाहरूलाई सङ्गठित गर्दै सबै जिल्लामा यसलाई वैधानिक रूपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने र खेलकुद कार्यक्रम गाउँ, टोलसम्म पुर्रुयाउनका लागि मञ्चका     हरेक तहका नेतृत्वले आ–आफ्नो ठाउँबाट योगदान दिन सक्नु पर्दछ । युवाहरूलाई खेलकुदको माध्यमबाट सङ्गठनमा आवद्ध गराउने उपयुक्त विधि योभन्दा अरू हुन सक्दैन । एकातिर, युवाहरू सबै प्रकारले स्वस्थ्य बन्ने† र अर्को्तिर, ती स्वस्थ युवाहरूको राष्ट्रप्रतिको जिम्मेवारीको बोधलाई कार्यान्वयनतर्फ अगाडि बढाउने कार्यले एउटा युवा स्वस्थ्य बन्न सक्दछ भने उसले आफ्नो देशलाई पनि स्वस्थ्य     राख्न सक्ने हुनाले राष्ट्रिय युवा खेलकुद मञ्चले कार्ययोजना बनाएर गतिविधि अगाडि बढाउनै पर्दछ । अहिले आम युवा र देशले हामीबाट खोेजेको कुरा यही नै    हो । यसप्रति हामी गम्भीर बन्नै पर्दछ । देश निर्माणको एउटा पाटो खेलकुद पनि हो भन्दा शायद अत्युक्ति हुने छैन ।

All news in One Place