औद्योगिक व्यापार मेला स¥यो

   मकवानपुर उद्योग वाणिज्य संघले जिल्लाको आर्थिक, सामाजिक, साूस्कृतिक, कृषि तथा पर्यटकीय विकासका लागि २ वर्षमा आयोजना गर्दै आएको      राष्ट्रियस्तरको मेला दुई महिना पछि सरेको छ । 
   मेला फागुन २० देखि हुने भएको छ । २०७१ चैत १९ गते संघ अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा बसेको कार्यसमितिको छैटौं नियमित बैठकले मेला पुस ९ गतेदेखि १९ गतेसम्म हेटौंडामा गर्ने निर्णय गरेको थियो ।  वैशाखमा गएको भूकम्पबाट मकवानपुर पनि प्रभावित भएको अवस्थामा राहत संकलन र बितरणमा ब्यस्त रहनु परेको र भूकम्पको त्रासबाट बिस्तार सामान्य अवस्थामा आउूदै गरेको अवस्थामा भारतीय अघोषित नाकाबन्दीका कारण इन्धन र औषधीलगायत अत्यावश्यक वस्तुको चरम अभाव खेपिरहनु परेकाले बाध्य भएर मेला       सार्नुपरेको संघले बताएको छ । ‘राष्ट्रको यस्तो विषम परिस्थितिमा उद्योग, व्यवसायहरु गम्भीररुपले प्रभावित भइरहेको अवस्थामा पुस ९
गतेदेखि १९ गतेसम्म निर्धारण गरिएको मेला गर्न सही नहुने निष्कर्ष निकालिएको छ,’ संघ महासचिव महेन्द्र     राउतले भने । संघको मंसिर १८ गतेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
  देशको परिस्थिति सहज हुने अपेक्षासाथ संघले मेला सार्ने निर्णय गरेको हो । मेला टीसीएनको  चौरमा आयोजना गरिने र विभिन्न उद्योग, व्यवसाय, कृषि, पर्यटनलगायत करिब ४ सय स्टल रहनेछन् ।
‘नाकाबन्दी कायम रह्यो भने पनि हामी तोकिएकै मितिमा मेला गर्ने कोशिस गर्नेछौं । गत मेलाहरु भन्दा यस वर्षको मेला फरक हुनेछ । यस वर्षको मेलामा औद्योगिक क्षेत्रभित्र रहेका धेरै उद्योगले स्टल राख्नेछन्,’ संघ अध्यक्ष राजकुमार न्यौपानेले भने । ‘देशको आर्थिक प्रक्षेपण ऋणात्मक हुने सम्भावना बढिरहेको अवस्थामा विभिन्न कार्यक्रम आयोजना   गरेर आर्थिक कारोबार बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।’ पत्रकार सम्मेलनमा संघ उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले सञ्चारमाध्यमसँग सहयोग आग्रह गरेका थिए ।

All news in One Place