रेडियो निकासले मनायो तीज

हेटौंडा/सञ्चार संघ नेपालद्वारा सञ्चालित रेडियो निकास ९३.४ मेगाहर्जको आयोजनामा तिज बिषेश कार्यक्रम सम्पन्न भएको छ । माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा को प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अन्तरपाटी महिला सञ्जालकी अध्यक्ष बालकुमारी डल्लाकोटी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अञ्चल अध्यक्ष बालकुमार मल्ल, रेडियो निकासका अध्यक्ष सुनिल खड्का लगायतकाले मन्तव्य व्यक्त गरेको रेडियो निकासले खबर पठाएको छ । 
हेटौंडाको प्रशिद्ध भुवनेश्वर मन्दिर परिसरमा बृहत सांस्कृतिक कार्यक्रम सहित तीज बिषेश कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानसंगको सहकार्यमा गरिएको तिज बिशेष कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित लोक गायक शिव हमाल, गायिका देवी घर्ति मगर लगायतकाले बिशेष प्रस्तुती दिएका थिए ।   
हजारौं दशर्कको उपस्थिती रहेको कार्यक्रममा गायक देबेन कार्की, प्रंलय चौंलागाई, रबिन्द्र थिङ, अबिराम मोक्तान, ऋषिलाल श्रेष्ठ, शुन्दर लामा, रामप्रसाद पौंडेल, लालजित मोक्तान, गायिका सुनिता शर्मा लुईटेल लगायतकाले कला प्रस्तुत गरेका थिए । 
कार्यक्रममा स्थानिय सिर्जना कला केन्द्रको बिषेश कला प्रदर्शन,
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती, लोकदोहोरी प्रस्तुती र हास्य व्यङ्ग्य प्रहसन समेत भएको थियो ।
चर्चित लोक गायक/गायिका चर्चित लोक गायक शिव हमाल, गायिका देवी घर्ति मगरले आफ्ना बहुचर्चित गित गाँउदा कार्यक्रममा सहभागी हजारौं दर्शकले नाचेर साथ दिएका थिए । कार्यक्रममा दर्शक संग लोक गायक/गायिकाले दोहोरी गाँउदा दर्शकले फरक मनोरञ्जन लिएका थिए ।

All news in One Place