भव्य मनोरञ्जनसंगै सकियो तिज (फोटो/भिडियो सहित)

नेपाली हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा थाहानगरका विभिन्न मठमन्दिर र स्थानहरुमा विभिन्न कार्यक्रम गरी यसवर्षको पर्व मनायएको छ । तीजको अवसरमा १९ भदौमा थाहानगरको गोरखनाथ मन्दिर, पाण्डुकेश्वर, बज्रवाराहीको संयुक्त वडा सेवा केन्द्र लगायतका विभिन्न क्षेत्रमा विशेष साँसकृतिक कार्यक्रम आयोजना गरिएको थियो। 
गोरखनाथ मन्दिरमा गोरखनाथ संरक्षण युवा समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रममा थाहा कला केन्द्रका कलाकारहरुले विविध प्रस्तुति दिएको कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले जानकारी दिए । कार्यक्रममा स्थानीय कलाकारहरुले प िनगित गाएका थिए भने नाचेका थिए । कार्यक्रमा  स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । मन्दिरमा विहानैबाट दर्शन गर्ने भक्तजनहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो । 
यसैबीच थाहा नगरपालिका संयूक्त वडा सेवा केन्द्र बज्रवाराहीमा नेकपा एमाले मकवानपुर जिल्ला समिति सहसचिव मिना लामाको प्रमुख आतिथ्यमा तिज विशेष कार्यक्रम सहित भव्य साँस्कृतिक कार्यक्रम भएको छ । १७ भदौ दिउँसो भएको साँस्कृतिक कार्यक्रममा लोक गायक तथा राष्ट्रिय संगितकर्मी संघका निवर्तमान अध्यक्ष रेशम थापा, युवा गायकहरु मदन थापा, इन्दिरा लामा, स्मृति गौतम, रिता बुढाथोकी, छवि गुरुङ तथा स्थानीय गायक मुक्तिनाथ उप्रेती लगायतले गित गाएका थिए । स्थानीय महिला पुरुषहरु भने गायकहरुको गितका छमछमी नचेका थिए । 
-जनक लामा /थाहानगर

भिमफेदी कार्यक्रम

बज्रवाराही कार्यक्रम 
बज्रवाराही कार्यक्रम 

बज्रवाराही कार्यक्रम 

बज्रवाराही कार्यक्रम 

बज्रवाराही कार्यक्रम 

बज्रवाराही कार्यक्रम 

बज्रवाराही कार्यक्रम 

बज्रवाराही कार्यक्रम 

बज्रवाराही कार्यक्रम 

बज्रवाराही कार्यक्रम 


भिमफेदी कार्यक्रम


भिमफेदी कार्यक्रम

बज्रवाराही कार्यक्रम 










फोटोहरुः सुनिल लामिछाने/बज्रवाराही, गोरखनाथ मन्दिर लक्ष्मण विष्ट, सुरेन्द्रराज थिके/भिमफेदी र भिडियो: सुमन जगन्नाथ/बज्रवाराही

All news in One Place