दोस्रो थाहा महोत्सवको तयारी तिब्र



थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा मकवानपुरको थाहा नगरपालिका इन्द्रायणी चौर हुने दोस्रो थाहा महोत्सवको तयारी तिब्र पारिएको छ । यहि भदौ २९ देखि असोज ८ गतेसम्म संचालन हुने महोत्सवको तयारी स्वरुप अहिले चौरमा स्टल निर्माण कार्य धमाधम निर्माण भइरहेको थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले बताए । ‘महोत्सवका लागि तयार पारिएका सबै दुई सय १८ वटा स्टल बुक भइसकेको र आयोजक कमिटी निरन्तर आफ्नो जिम्मेवारीमा खटिरहेको छ’–संघ महासचिव सुरेन्द्रमान प्रधानले भने । 
दोस्रो थाहा महोत्सवको करिब तीन लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले जानकारी दए । करिब ५० लाख बढी खर्च अनुमान गरिएको महोत्सवबाट बेमौसमी तरकारी भण्डारका रुपमा चिनिने थाहानगरका बासिन्दालाई मनोरञ्जनको प्रयास गरिने उनले बताए । भदौ २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालबाट महोत्सव उद्घाटनका लागि आग्रह गरिएको आयोजकले जनाएको छ । महोत्सव अन्तर्गत् गायन र नृत्यतर्फको थाहा आइडलको अडिसन जारी रहेको र उद्घाटनका दिन शोभायात्रालाई भव्य बनाउन तयारी भइरहेको महासचिव प्रधानले जानकारी दिए । थाहानगगरमा पहिलोपटक हेलिकोप्टर उडान र प्याराग्लाइडिङको तयारी थालिएको छ ।


All news in One Place