तीजको अबसरमा स्वास्थ्य शिविर
हेटौंडा/हिन्दू नारीहरुको महान पर्व हरितालीका तीजको अवसर पारी लियो क्लव अफ हेटौडा भुटानदेवीले निःशुल्क स्वास्थ्य शिविर चलाएको छ ।
आइतबार महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको शिविरमा दुई सय ७ जनाले स्वास्थ्य सेवा लिएको हेटौंडाबाट पत्रकार रुपक कालीराजले खबर पठाएका छन् ।
शिविरमा आएका मध्ये अधिकांशमा पेट दुख्ने र ग्यास्ट्रिकको समस्या पाइएको क्लबका अध्यक्ष अर्जुन लामिछानेले जानकारी दिए ।
लायन्स क्वल अफ हेटौडा भुटानदेवि र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको सहकार्यमा भएको स्वास्थ्य शिविरको उद्घघाटन एम्बेसेडर अफ गर्भनर करुणा महतले गरेका थिए ।