‘मधुवन’ सञ्चालक डा.लम्सालसँग अन्तरक्रिया
थाहानगर/रेडियो नेपालको लोकप्रिय ‘मधुवन’ कार्यक्रम संचालक डा. नवराज लम्सालसँग पालुङमा साहित्यिक अन्तरक्रिया गरिएको छ ।
‘मधुवन’कै लागि साहित्यिक जमघट र सिर्जना रेकर्ड गर्ने क्रममा लम्साल र पालुङका सर्जक तथा साहित्य प्रेमीहरुबीच अन्तरक्रिया भएको हो ।
थानाबजारमा भएको कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक श्रीभद्र खनालको समेत उपस्थिति थियो ।
कार्यक्रममा पालुङे चरो, हरिकृष्ण कार्की, आरआर श्रेष्ठ, अनित विष्ट, इन्द्रध्वज अधिकारी, सुमन खत्री लगायतले आआफ्नो रचना बाचन गरेका थिए । त्यस्तै, डा. लम्सालले भरत गोपाली, पुरुषोत्तम
पालुङ भ्याली हार्ट एकेडेमीका अध्यक्ष भरत गोपालीको संयोजनमा कार्यक्रम भएको हो । सो अवसरमा डा. लम्सालले थाहा नगरको साहित्यलाई साहित्यको मूल प्रवाहसँग जोड्न आफूले सहयोग गर्ने बताए । उनले पालुङमा स्थानीय सर्जकहरुसँग बस्ने गरी आउने समेत बताए ।
