मकवानपुरगढीबाट प्याराग्लाइडिङ हुने


शुभराज भोम्जन(भिषण)
हेटौंडा/मकवानपुरमा पहिलो पटक मकवानपुरगढीबाट प्याराग्लाइडिङ हुने भएको छ । चित्रकला कार्यशाला उद्घाटनको दिन अशोज १ गते मकवानपुरगढी ताप्लखर्कदेखि हर्नामाडी–२४ दोभानचौरसम्म प्याराग्लाईडिङ हुने भएको हो । 
प्याराग्लाइडिङको सम्भाब्यता अध्ययनको लागि पोखराबाट आएका नेपालमै पहिलो पटक प्याराग्लाइडिङको लाईसेन्स लिएका पाईलट संघर्ष बिष्ट र पोखराको साराङकोटमा पहिलो पटक प्याराग्लाइडिङ उडाएका ब्लू स्काइ प्याराग्लाइडिङ प्राली पोखराका प्रमुख नारायणप्रसाद पराजुलीले गढीबाट हर्नाडीसम्म प्याराग्लाइडिङ गर्न सकिने निष्कर्ष निकालेका थिए । 
उडाउन सकिने निष्कर्षमा पुगेपछी अशोज १ गतेबाट परिक्षणत्मक रुपमा उडाउने भएको छ । सुरुवाती चरणमा ५ वटा एकल र २ वटा दुईजना बस्न मिल्ने गरी जम्मा ७ वटा प्याराग्लाइडिङ उडाउने भएको छ । 
ताप्लखर्कदेखि हर्नामाडी जस्तै गरी गढीबाट समारी आमभञ्ज्याङसम्म पनि प्याराग्लाइडिङ गर्न सकिने अनुसन्धानकार्ताहरुले बताएका छन् । भविश्यमा प्याराग्लाइडिङ स्कुल सञ्चालन पनि गर्न सकिने रहेको उनीहरुको भनाइ छ  बिकासको सम्भाब्यता देखिने बित्तिकै मकवानपुरगढी ताप्लखर्क,अधेरी,बरभञ्ज्याङ गढीगाउका स्थनिीय अगुवा युवाहरुले तिब्र रुपमा चासो देखाएका छन् ।

All news in One Place