भान्जाहरुलाई शैक्षिक सामाग्री वितरण

लियो क्लव अफ भुटनदेविले मामाघरमा आश्रीत भान्जाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । २३ भदौमा राष्ट्रिय शिक्षा तथा विश्व साक्षरता दिवस अवसर पारी क्वलले भान्जाहरुलाई कापी, कलम सिशाकलम, ज्यामिति बक्स, कलर पेन्सिल, इलेजर, कटर वक्स लगायत सामाग्री वितरण गरिएको कार्यक्रमका संयोजक पंकज यादवले जानकारी दिए । 

मामाघरमा भान्जाहरुको शैक्षिक क्षेत्रमा केहि सुधार तथा सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गरी मामाघर नेपालका भान्जालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको क्लव अध्यक्ष अर्नुज लामिछानेले जानकारी दिए । लियो क्वल अफ भुटनदेविका जन सम्र्पक अधिकृत  रुपक कालिराजले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए । 
क्वलका अध्यक्ष अर्जुन लामिछानेको सभाध्यक्षता तथा ambashador अफ गर्भनर (ए.ओ.जि) लायन करुणा महतको प्रमुख आथित्यता रहेको थियो । प्रमुख अतिथि महतले यस क्वलले सामाजिक कार्यमा देखाएको लगाव प्रति आफु अत्यन्तै हर्षित भएको बताउनु भयो । अबका दिनमा यसरी नै सामाजिक कार्य लाग्नको लागि प्रेरणा दिँदै आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्क्त गरे । 

मामाघर नेपाल स्थापनाको पाँच वर्षको अवधिमा एक सय ४७ जनालाई सडकबाट उद्दार गरेको र १ सय ३ जनालाई परिवारमा पुर्नस्थापना गरिसकेको मामाघर नेपालका सचिव देवराज लामिछानले बताए । हाल संंस्थामा २१ जना आश्रित रहेको छन् । सो कार्यक्रममा लियो क्वल,लायन्स क्लवका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
रुपक कालिराज/हेटौंडा


All news in One Place