कालीराज जनसम्पर्क अधिकृत चयन
थाहा कला केन्द्रका रुपक कालीराज लियो क्लव आफ हेटौडा भुटानदेवीको जनसम्पर्क अधिकृत चयन भएका छन् । क्लबको आर्थिक वर्षको पहिलो वैठकले कालीराजलाई जनसम्पर्क अधिकृतमा मनोनयन गरेको हो । कालीराज संचारकर्मीसमेत हुन् ।
बैठकको उद्घाटन गर्दै क्लबका नवनिर्वाचित अध्यक्ष अर्जुन लामिछानेले समाजसेवाको क्षेत्रमा समर्पित अन्तराष्ट्रिय क्लव भएको वताउँदै अवका दिनमा समाजलाई हित हुने काम गर्नको लागि अग्रसर हुने बताए ।
मंगलबार बसेको बैठकमा उपाध्यक्ष रोहित गुप्ता, सह—सचिव अनिल अधिकारीलगाएतले आआफ्नो धारणा राखेका थिए ।