शिक्षाका लागि अभियानको भेला

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालकी केन्द्रिय उपाध्यक्ष शारदा कुमालले दीगो बिकासका लक्ष्यहरु, सूचकहरु लगाएत
का बिषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी खेमानन्द भुसाल, एन प्याबसनका जिल्ला अध्यक्ष नारायण राजथला, नेपाल राष्ट्रिय अभिभाबक संघका जिल्ला अध्यक्ष साधुराम चौलागाईं, नेल्टा मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईं लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबिच, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा पुनः बुद्धवीर लामा चयन भएका छन् । अभियानका सदस्य संस्था इस्थर बेञ्जामिन स्मृति संस्थाका तर्फबाट लामा चयन भएका हुन् । दुई बर्षका लागि चयन गरिएको समितिमा अभियानका सदस्य संस्थाहरु सदस्य रहेका छन् ।
त्यस्तै, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको यही भदौ २२ र २३ गते हुने राष्ट्रिय अधिबेशनका लागि जिल्ला समन्वय समितिबाट दुई जना प्रतिनिधी पनि छनौट गरिएको छ ।