आदिवासी दिवसमा स्थानीय तहको पुर्नसंरचना अन्तरक्रिया
विश्व आदिवासी दिवसको अबसरमा स्थानीय तहको पुर्नसंरचना बिषयक अन्तरक्रिया हेटौँडामा भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुर र हेटौँडाले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपाने र जिल्ला तथ्याङ्ग कार्यालय मकवानपुरका प्रमुख नवराज पौड्यालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका, नगरपालिका तथा बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको कार्यबिधीबारे जानकारी दिईएको थियो । त्यस्तै गाउँपालिका, नगरपालिकाका आधार तथा मापदण्डहरु, केन्द्र तोक्ने आधार, स्थानीय निकाय र स्थानीय सरकारमा फरक, साविकमा र अब हुने सेवा प्रवाहहरु, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्ने आधारहरु, शर्तहरु लगाएतका बिषयमा जानकारी दिईएको थियो ।
कार्यक्रम विश्व आदिवासी दिवस आयोजक मूल समारोह समिति मकवानपुरका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकारद्वय अमृतकुमार लामा, मधुकर सिँह गलामी मगर, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, गढीका सन्देश तुम्सीङ्ग मगर, नेपाल तामाङ्ग घेदुङ्गका लिलाकुमार घलान, दनुवार जागरण समितिका भैरबबहादुर राई दनुवार, थारु कल्याणकारिणी सभाका चन्द्रकान्त चौधरीले जिज्ञाशा सहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अतिथी र सहभागीले सोधेका प्रश्नको जवाफ सहजकर्ताद्वयले दिएका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार नन्दरत्न स्थापित, सदस्य भैरवबहादुर कुमाल, नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघका जिल्ला अध्यक्ष रविन थापा मगर लगाएतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ मकवानपुर, हेटौँडा, गाबिसहरुका पदाधिकारी, युवा, बिद्यार्थी, पत्रकार एवम् जातीय संस्थाहरु बोटे, तामाङ्ग, थारु, मगर, दनुवार, नेवार, राई, गुरुङ्ग, कुमाल लगाएतका प्रतिनिधी सहभागी थिए ।
-अशोक सुजन श्रेष्ठ/हेटौंडा