निःशुल्क स्वास्थ्य शिविरमा २ सय १३ को स्वास्थ्य परीक्षण: "शिविर प्रभावकारी भयो"

मकवानपुर थाहा नगरपालिका स्थित जनकल्यण उच्च माविमा २२ साउनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा दुईसय १३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणमा धेरैजसो विरामीहरुमा नसर्ने रोग पाइएको स्वास्थ्य परीक्षणमा संलग्न स्वासथ्यकर्मीहरुले जानकारी दिए ।
स्वास्थ्य परीक्षणमा आएका मध्ये पचास प्रतिशत भन्दा बढिमा ग्याष्ट्रिक, मधुमेहलगायतको रोग देखिएको हो । तरकारीको पकेट क्षेत्र थाहानगरका मानिसहरु स्वास्थ्यको ख्यालै नगरी खेतबारीमा खटिएकोले यस्तो रोगीको संख्या बढेको संलग्न स्वास्थयकर्मीहरुले बताए ।
अधिकांश थाहा नगरपालिका क्षेत्रका विरामहिरुको स्वास्थ्य परीक्षण गराइएको थियो । जनकल्यण उच्च मावि, पाथीभरा युवाक्लबको स्थानीय व्यवस्थापन र रियोकाइ तथा स्टार हस्पिटल काठमाण्डौको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
शिवरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुले निःशुल्क औषधि पनि पाएका थिए । स्वास्थ्य शिविरमा जाँचका लागि पुगेकाहरुको स्टार हस्पिटल काठमाण्डौबाट आएका डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । 

कस्तो भयो स्वास्थ्य शिविर ?

स्वास्थ्य शिविरमा आफ्नो बिरामी ज्यान जचाँउन पुगेका थाहा नगरपालिका वडा नम्बर ८ का ६० वर्षिय रुपचन्द्र खत्रीलाई स्वास्थ्य जाँच गरेको मनैदेखि चित्त बुझ्यो । उमेर ढल्किदै गएपछि आफ्नो ज्यानमा बिसन्चो बढेको खत्रीले डाक्टरसंग भलाकुसारी गरे । ठाउँ चिसो भएकोले वृद्धवृद्धा न्यानो भएर बस्न आग्रह गर्दै खानपानमा ख्याल गर्नुपर्ने डाक्टरको कुरा सुनेपछि खत्रीले हुन्छ भने । दम खोकी नसर्ने रोग भएको पनि डाक्टरले खत्रीलाई भने । ज्यान सबै जाँचेपछि औषधि थमाएपछि खत्रीले शिवर आयोक र डाक्टरलाई धन्यवाद दिए । 
खत्रीजस्तै थाहा नगरपालिका वडा नम्बर ७ का बद्री नेपालीले स्वास्थ्य शिविर निकै प्रभावकारी भएको बताए । कतिपय शिविर निःशुल्क भनेपछि टाइम पास गर्न आएका जस्तो लाग्थ्यो तर यो शिविर निकै प्रभावकारी भएको नेपालीको प्रतिक्रिया थियो । स्त्रीरोगको समेत परीक्षण भएको शिविरमा थाहा नगरपालिका वडा नम्बर ७ की  माया गोपालीलाई स्वास्थय जाँच गरिन् । उनलाई डाक्टरले दिएको सुझावले चित्त बुझेको बताइन् । स्वास्थ्य परक्षिणसंगै औगाधि पाएपछि  स्थानीय रन्जिता थापाले खुशी व्यक्त गरिन् । 
शिवरमा पुगेका थाहा–७ का पूर्ण बहादुर विष्ट र निरज रायमाझीले पनि शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका डाक्टरहरुको व्यवहार र स्वास्थ्य परक्षिण गर्ने शैली असाध्यै प्रभावकारी भएको बताए । 
कार्यक्रममा जनकलयण उच्च मावि व्यवस्थापन समिति अध्यक्ष आर्थिक अभावकै कारण स्वासथ्य परीक्षणबाट वञ्चितहरुका लागि प्रभावकारी भएको प्रतिक्रिया दिए । कार्यक्रममा पाथीभरा युवा क्लबका अध्यक्ष हरेराम कार्कीले स्वास्थ्य परीक्षणबाट यहाँका वृद्ध, महिलालगायतले राम्रो लाभ प्राप्त गरेको बताए । उनले शिविर प्रभावकारी भएको प्रतिक्रिया दिए । अरु हिसाबले विकसित भएर पनि स्वास्थ्यमा थाहानगर पछि रहेको रियोकाई अन्तरआत्म विकास समाज नेपालका अध्यक्ष गौतम मान सिहले बताए । उनले धनी हुनको लागि स्वस्थ हुनु एउटा सूचक भएको बताए । 


All news in One Place